जेष्ठ ७, २०८१ सोमबार

लागुऔषधसहित थुनुवा भेट्न गएपछि …

भद्रपुर । थुनुवा भेट्न गएका एक युवक लागुऔषधसहित प्रहरी कार्यालयभित्रै पक्राउ परेका छन् ।

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा भेट्न गएका बिर्तामोड नगरपालिका १ बस्ने २४ वर्षीय विशाल शाक्यलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

थुनुवा भेट्न गएका शाक्यको साथबाट प्रहरीले ०.१७ मिलिग्राम ब्राउन सुगर, ०.६९ मिलिग्राम गाँजा र एक थान ब्लेड बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका शाक्यलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ ।

प्रकाशित मिति : श्रावण २३, २०७६ बिहीबार  १२ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]