जेष्ठ ७, २०८१ सोमबार

अब कश्मीरको भविष्य सुरक्षित हुन्छ : मोदी

बिबिसी । विवादित कश्मीर क्षेत्रमा तनाव चर्कँदै गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्दै कश्मीरको विशेष हैसियतसम्बन्धी धारा ३७० को खारेजीको बचाउ गरेका छन् । मोदीले उक्त धाराले कश्मीरलाई कुनै लाभ नदिएको दाबी गरे ।

उनले भने, “धारा ३७० र ३५ क ले जम्मू – कश्मीरलाई पृथकतावाद आतङ्कवाद परिवारवाद अनि व्यवस्थापनमा ठूलो भ्रष्टाचारबाहेक केही दिएको थिएन । मोदीले सरकारको निर्णयले कश्मीरको वर्तमान सुध्रिने र भविष्य सुरक्षित हुने तर्क पनि गरे ।

अवस्था
यसैबीच भारत प्रशासित कश्मीरमा ३ सयजनाभन्दा धेरैलाई पक्राउ गरिएको बताइएको छ । त्यहाँ इन्टरनेट तथा फोन लाइन बन्द छन् ।
अस्थायी हिरासत कक्षमा त्यहाँका राजनीतिज्ञ, अभियानकर्मी, अगुवा, व्यापारी तथा कलेजका प्राध्यापक राखिएका छन् ।
सोमवार भारत सरकारले संसद्मा उक्त निर्णय गर्नुभन्दा पहिल्यैदेखि कश्मीर पूर्ण बन्दको अवस्थामा रहेको छ । भारत प्रशासित कश्मीरमा पाँच सय जनाभन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ ।


सो घटनाक्रम लगत्तै पाकिस्तानले भारतसँगको द्विपक्षीय व्यापार स्थगन गरेको थियो, जसप्रति भारत सरकारले बिहीवार दुःख प्रकट गरेको छ ।
स्थानीय प्रहरीले रोयटर्स समाचार संस्थालाई विरोध प्रदर्शन रोक्न पक्राउ गरिएको बताए । एक प्रहरी अधिकारीले मानिसहरू निकै आक्रोशित भएको बताए । बीबीसी संवाददाताहरूले केही विरोध प्रदर्शनकारीहरूले सुरक्षा फौजलाई ढुङ्गा हानेको देखेका छन् ।


साथै त्यहाँका बासिन्दाले हिंसा भड्किने चिन्ता व्यक्त गरेका छन् । एकजना पर्यटन व्यवसायी इकबालले कश्मीरका जनता निकै रिसाएको भन्दै ती ज्वालामुखी जस्तो भएको र कुनै समय विस्फोट हुने बताए ।


भारत प्रशासित कश्मीरमा गरिएका कडाइहरूबारे गम्भीर चासो व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले त्यहाँ मानवाधिकारको स्थिति झन् बिग्रिन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
राष्ट्रसङ्घका एक प्रवक्ताले कश्मीरमा सञ्चार बन्द गरिएको, नेताहरूलाई पक्राउ गरिएको र राजनीतिक भेला गर्न प्रतिबन्ध लगाइएकोबारे चासो व्यक्त गरेका छन् ।

प्रकाशित मिति : श्रावण २३, २०७६ बिहीबार  १० : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]