बैशाख २९, २०८२ सोमबार

सभापतिका उम्मेद्वार थेवे भेटघाटमा सक्रिय

गौरीगञ्ज । नेपाली कांङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत जिल्ला सभापतिका उमेद्वार देउमान थेबेले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका वडा सभापति एवं क्षेत्रीय प्रतिनिधिसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम आइतबार सम्पन्न गरेका छन् ।
गौरादह नगरपालिका ९ वडा समिति र गौरीगञ्ज गाउँपालिकाका १ , २ ,३ ,४ र ५ नम्बर वडामा सम्पन्न कार्यक्रम जिल्ला सभापतिका उम्मेदवार थेबेको प्रमुख आतिथ्य र सम्बन्धित वडा सभापतिको सभापतित्वमा सम्पन्न भएको हो । सो क्रममा सबै वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरुसग परिचयात्मक कार्यक्रम पनि गरिएको थियो ।

कार्यक्रममा गौरादह नगरपालिका ९ का सभापति सिताराम भट्टराई तथा क्षेत्रीय प्रतिनिधि, गौरीगञ्ज गापा १ का क्षेत्रीय प्रतिनिधि तथा त्यस वाडका वाड सभापति कात्तिकलाल राजवंशी ,२ नम्बर वडा सभापती चन्द्रमोहन राजवंशी, ४ नम्बर वडा सभापती देब ताजपुरिया र क्षेत्रीय प्रतिनिधि अगमलाल राजवंशी, ३ नम्बर वडा सभापति यादब श्रेष्ठ र घनश्याम रिजाल, ५ नम्बर सभापति र महिला नेत्री फुलवती राजवंशी , गौरीगञ्ज सभापति अघनु राजवंशीले आफ्नो प्रतिबद्धता ब्यक्त गर्दै देउकुमार थेबे सबैको साझा उमेद्वार भएको र उहाँले सधै कार्यकर्तासँग रहेर काम गरेको धारणा राखेका थिए । संगठन हाक्न थेबे सक्षम रहेको र कार्यकर्ताको संरक्षण गर्न सक्ने एकमात्र उम्मेदवार भएकोले देउकुमार थेबे जिताउ अभियानमा सबै संलग्न हुने र जिताउने उनीहरुको प्रतिबद्दता छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देउमान थेबेले आफु सधै होल्टाइमर कार्यकर्ता भएको र कांङ्ग्रेसलाई अघि बढाउन दिनरात नभनी खट्ने बताए । जिल्ला सभापती भएपछि काङ्ग्रेसको शिर उच्च राख्न आफू सक्रिय रहने र न्यायपुर्ण रुपमा नेता कार्यकर्तालाई अवसरको बितरण गरेर अघि बढने प्रतिबदता ब्यक्त गरे । त्यस्तै आफ्नो उम्मेद्बारी एक्लैको उम्मेद्बारी नभएको र यो झपाका सबै अग्रज नेता कार्यकर्ताको साझा उम्मेद्बारी रहेको समेत बिचार ब्यक्त गरेका छन् । आफुले १३ औ अधिवेशनमा त्याग गरेर देखाएको समेत उदाहरण दिँदै यस पटक सभापतिमा आफुलाइ निर्बाचित गर्न अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : कार्तिक २८, २०७८ आईतबार  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]