चैत्र १६, २०८० शुक्रबार

हत्यापछि सेफ्टी ट्याङकीभित्र शव लुकाउने गौरादहका ५ जना सार्वजनिक

बिर्तामोड । गौरादह ५ का ४६ वर्षीय मवेसिर हुसेन मियाँको हत्यामा संलग्नलाई झापा प्रहरीले सार्वजनिक गरेको छ । दमकमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । रिसिवीका कारण हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

गत कात्तिक ११ गते विहानदेखि परिवारसँग सम्पर्क विहीन भएका मियाँलाई स्थानीय ५ जनाले हत्या गरेर शौचालयको ट्याङ्कीभित्र राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । सो घटनामा संलग्न गौरादह नगरपालिका वडा नं.५ का ३१ वर्षीय महम्मद सद्दाम, निजकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, गौरादह नगरपालिका वडा नं.५ का २६ वर्षीया महम्मद सुलेमान, निजकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र गौरादह नगरपालिका वडा नं.५ का ३८ वर्षीया कुर्समान खातुन रहेका छन् । उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक साुनराम भट्टराईले जानकारी दिए ।

मियाँ सम्पर्क बिहीन भएपछि उनको श्रीमति नुरजन खातुनले खोजतलासका लागि इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन् । २६ गते दिउँसो महमद सद्दामको घर खानतलासी लिने क्रममा प्रहरीले झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो पदार्थको छिटा देखेपछि अनुसन्धानलाई सोही घरमा केन्द्रीत गरिएको थियो ।

प्रहरीका अनुसार उक्त कोठादेखि बाहिर रहेको ट्वाइलेटको सेफ्टी ट्यांङ्कीभित्र घातक हतियार प्रयोग गरी मारेर छोपिएको अवस्थामा शव फेला परेको थियो । कम्बलमा पोको पारेर सोही सेफ्टी ट्यांङ्की भित्र फालिएको शव दुर्गन्धित अवस्थामा फेला पारेको झापा प्रहरीले जनाएको छ । सो ट्याङकीमाथि गोवरले लिपपोत गरि गुइँठा राखिएको थियो ।

प्रहरीले पोष्टमार्टमपछि सदगतको लागि आफन्तलाई शव जिम्मा लगाएको जनाएको छ । हत्यामा घरेलु घातक धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत प्रमाणयोग्य सामग्री बरामद गरिएको छ ।

प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार  ४ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]