जेष्ठ ५, २०८१ शनिबार

जनगणनामा समय दिऊ

सम्पादकीय
तथ्याङक विभागले कात्र्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना थालेका छ । १०–१० वर्षमा हुने जनगणनाका लागि गणकहरु घरघर गइरहेका छन् । सहि तथ्याङक संकलन र कोही पनि नछुटाउने गणकको एउटै लक्ष्य हो । सहि तथ्याङक संकलन नभएमा जनगणना असफल हुनेछ । यसलाई सफल बनाउन गणक र आम नागरिकको भूमिका महत्वपूर्ण छ । हरेक मान्छे व्यस्त छन् । कोहि फुर्सद्ले बसेका छैनन् । चाडवाड भर्खरै सकिएको छ । चाडवाडपछि फेरि काममा लाग्ने बेला जनगणना थालिएको छ । यो बेला घरमा परिवारलाई भेट्न जटिल छ । घरमुली घरमा नबसी काममा जाने र घरमा भेटिने सदस्यलाई सबै विवरण थाहा नहुने हुँदा विवरण संकलनमा समस्या भइरहेको छ ।

जनगणना कार्यालयले सुपरिवेक्षक र गणकलाई आवश्यक तालिम दिएर गणनाका लागि घरघर पठाएको छ । सुपरिवेक्षकले पहिलो चरणमा तथ्याङक संकलन गरे । अहिले सम्पूर्ण विवरण संकलनमा गणकलाई खटाइएको छ । गणनाका लागि गणक घरघर पुग्दा घरधनी नभेटिने मुख्य समस्या देखिएको छ । र, भेटिदा पनि पर्याप्त समय नदिने गरेको गणकको गुनासो छ । जनगणना राष्ट्रिय कार्यक्रम भएकाले यसलाई महत्व दिएर सबैले समय दिन अपरिहार्य छ । यदि, समय नदिने हो भने राष्ट्रिय कार्यक्रममा आफै छुटिने छ । हरेक परिवारमा अहिले गणक आइरहेका छन् । त्यो बुझेर पनि घरधनीहरुले आवश्यक विवरण दिन तयार भएर बस्नैपर्छ ।

प्रत्येक घरमा गणक पुग्नैपर्छ । गणकले यदि कसैलाई छुटायो भने पनि कार्यक्रमको उदेश्य पुरा हुने छैन । तर, झापाका बजार क्षेत्रमा गणकले असाध्यै हैरानी खेप्नु परेको छ । बजार क्षेत्रमा रहेको घरमा मान्छे भेट्न मुस्किल पर्ने गुनासो व्यापक छ । यो समस्यालाई समाधान गर्न जनगणना कार्यालयले ध्यान दिन जरुरी छ । किनभने, आम नागरिकको तहमा जनगणनाको आवश्यकता र औचित्य बुझाई छैन । त्यसैले पनि गणकलाई समय दिन आलटाल गरेको हुन सक्छ । झापाको कनकाईमा व्यापक प्रचार प्रसार भइरहेको छ । माइकिङ भइरहेको छ । तर, विर्तामोडमा त्यो किसिमको प्रचार छैन । यसैले कार्यक्रमलाई प्रभावकारी बनाउन सबैले सहयोग गरौं ।

प्रकाशित मिति : कार्तिक ३०, २०७८ मंगलबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]