बैशाख २९, २०८२ सोमबार

प्रदेशसभा क्षेत्रीय निर्वाचनको सम्पूर्ण तयारी पूरा

विर्तामोड। नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशन अन्तरगत मंसिर २ र ३ गते हुने प्रदेशसभा क्षेत्रीय निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । झापाका १० प्रदेशसभा क्षेत्रमा तोकिएको कार्यतालिका अनुसार एकै समयमा हुने निर्वाचनका लागि मतदान अधिकृतहरुलाई आवश्यक सामग्रीसहित मतदान स्थलमा पठाइएको छ ।

बुधबार विहान नेपाली कांग्रेस झापाको कार्यालयमा जिल्ला निर्वाचन समितिद्वारा आयोजित निर्वाचन निर्देशिका, पार्टी विधानबारे प्रशिक्षण दिदै जिल्ला निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले पार्टीको आन्तरिक चुनाव निश्पक्ष रुपमा सम्पन्न गर्न खटिएका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

समाजवादी पार्टीको निर्वाचनमा प्रचार शैली समेत भड्किलो नबनाउन प्रदेश सभा, क्षेत्रीय र जिल्लाका उम्मेद्वारहरुलाई आग्रह गर्दै उहाँले विधान र निर्देशिका बमोजिम सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न मतदान अधिकृतहरुलाई आग्रह गर्नुभयो । जिल्ला निर्वाचन समिति सदस्य एवं नेपाल शिक्षक संघ झापा अध्यक्ष नेत्र खरेल, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली लगायत सहभागी कार्यक्रममा मतदान अधिकृतहरुको जिज्ञाशाको जवाफ निर्वाचन अधिकृत चिलवालले दिनुभएको थियो ।

प्रदेश सभा निर्वाचनका लागि झापा क्षेत्र नं–१ प्रदेश क मा होमराज ढकाल, ख मा डम्बर बन, झापा क्षेत्र नं–२ प्रदेश क मा नारायण पौडेल, ख मा बसन्त नेपाल, झापा क्षेत्र नं –३ क मा मञ्जु दाहाल, ख मा अमृतबहादुर बुढाथोकी, झापा क्षेत्र नं–४ क मा लालमणि सुवेदी ख मा रोहित पोद्धार र झापा क्षेत्र नं–५ क मा शेषकुमार निरौला ख मा डिल्लीराम मिश्रलाई मतदान अधिकृत तोकिएको छ ।

प्रदेश क्षेत्रीय निर्वाचनका लागि झापा क्षेत्र नं १ ९क० मा काँकरभिटा सामुदायिक बनको भवन, ख का लागि हातेमालो सामुदायिक बन समितिको भवन, झापा क्षेत्र नं–२ प्रदेश क का लागि अनारमनी पब्लिक क्याम्पस विर्ताबजार, ख का लागि ने।का। अर्जुनधारा नगर समितिको कार्यालय, झापा क्षेत्र नं–३ प्रदेश क का लागि ने।कां भद्रपुर २ नं वडा कार्यालय पृथ्वीनगर, ३ ९ख० का लागि रामजानकी मन्दिर गोल्धाप, हल्दिबारी–१, झापा क्षेत्र नं ४ क को उद्योग बाणिज्य संघ सुरुङ्गा, ख को दुधे मा.वि. , र झापा क्षेत्र नं–५ क मा गौरादह कृषि क्याम्पस र ख का लागि नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयलाई निर्वाचन स्थल तय गरिएको सकिएको छ ।

प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार  ४ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]