बैशाख १३, २०८१ बिहीबार

पहिलो टी–२० क्रिकेटमा भारतले न्युजिल्यान्डलाई हरायो

काठमाण्डाै – भारतले पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्डलाई हराएको छ । ​जयपुरमा गएराति भएको खेलमा भारतले न्युजिल्यान्डलाई ५ विकेटले हराएको हो । जितका लागि न्युजिल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । भारतका सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान रोहित शर्माले ४८ रन जोडे । न्युजिल्यान्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए ।

टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । न्युजिल्यान्डका मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय पारी खेले ।

गुप्टिलले ७० तथा मार्कले ६३ रन जोडे । भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले २/२ विकेट लिए । दीपक चाहर र मोहमद सिराजले १/१ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।

प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]