बैशाख १३, २०८१ बिहीबार

झापामा शालिन सभापतिको खाँचो छ, म कट्टेललाई मत दिन्छु : प्रवक्ता शर्मा

बिर्तामोड । नेपाली कांग्रेस झापाको आसन्न निर्वाचनका लागि उम्मेद्वारी घोषणाको काम धमाधम भइरहेको छ । मंगलवार मात्रै राम कट्टेल प्यानलबाट उपसभापति पद्मा केदार शमशेर गिरी र सचिवमा विश्वदिप लिङ्देनले उम्मेद्वारी घोषणा गरेका छन् ।

विश्वप्रकाश शर्माको खेमाबाट सभापति पद्को उम्मेद्वारी घोषणा गरेका कट्टेलको सम्पर्क कार्यालयको उद्घाटनमा दुई जनाले उम्मेद्वारी घोषणा गरेका हुन् । कृष्ण सिटौला खेमाबाट सभापति पद्को उम्मेद्वारी घोषणा गरेका देउकुमार थेवेको सम्पर्क कार्यालय नजिकै कट्टेल समूहले समेत कार्यालय स्थापना गरेको छ । बिर्तामोडको कञ्जनजंगा अस्पताल पूर्व कट्टेल र अझै पूर्व थेवे समूहको कार्यालय स्थापना गरिएको छ ।

सो कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शालिन र स्वच्छ छवि भएका नेता कट्टेललाई झापा कांग्रेसको सभापतिमा निर्वाचित गराउन आग्रह गरेका छन् । उनले राजनीतिमा शालिन व्यक्तिको खाँचो भएको बताउँदै उनले झापाको सभापतिमा आफु कट्टेललाई नै मतदान गर्ने जानकारी दिए ।

नेता शर्माले आधुनिक र रुपान्तरित कांग्रेस बनाउन कट्टेललाई निर्वाचन जिताउनु पर्ने बताएका छन् । उनले कार्यलय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै कसैलाई पनि अलमलमा नपर्न आग्रह गरे । प्रवक्ता शर्माले भने, १३ औं अधिवेशनमा सभापति बनाउने विषयको सम्झौता भ्रम मात्रै हो । कांग्रेसमा पालो पनि चल्दैन, उनले थपे– राज परिवारको जस्तो लोकतान्त्रिक पार्टीमा आलोपालो हुदैन ।

सभापति पद्का उम्मेद्वार कट्टेलले झापामा पार्टीको शिर झुक्न नदिने उद्घोष गरे । कार्यकर्तालाई सम्बोधन गर्दै कट्टेलले विचारले पार्टी अघि बढ्ने भएकाले आफ्नो उम्मेद्वारीका कारण जिल्लामा हलचल आएको दावी गरे । आगामी निर्वाचनमा झापामा पार्टीको झण्डा फहराउने गरी काम गर्ने घोषणा समेत गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य गोपाल कुमार बस्नेतले कट्टेलको कामले आफु प्रभावित भएको बताएका छन् । धुलावारी गाविस अध्यक्ष हँुदा देखि उनका बारेमा जानकार भएको बताउँदै बस्नेतले कट्टेल अनुभवले खारिएको बताए । पारदर्शी व्यक्तित्वका रुपमा आफुले चिनेको भन्दै बस्नेतले नेतृत्व चयनको जिम्मा प्रतिनिधिहरुको हातमा भएको बताएका छन् । झापामा सिटौला गुटसँग तीब्र प्रतिष्पर्धा गर्न दौडिएको सो समूहले उपसभापतिमा शहिद पिता र सचिवमा देशभर माओवादीले जितेको ०६४ को निर्वाचनमा जित्ने लिङ्देनलाई अघि सारेको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]