बैशाख ७, २०८१ शुक्रबार

जबजका गुणात्मक पक्षहरु

बिक्रम तिवारी
जतिबेला विश्व कम्युनिस्ट आन्दोलन धरापमा पर्दै थियो, त्यति नै बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा कम्युनिस्टहरु पनि समय र परिस्थितिमा परिवर्तन हुँदै जान सक्छन् भन्ने मान्यता राखेर जबजको सिद्धान्त अगाडि ल्याइएको हो ।

जनताको बहुदलीय जनवादका आफ्नै मान्यताहरु छन् । जस्तो जनवादी राज्यसत्ता प्राप्त गर्नु, स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष, जनवादी गणतन्त्र घोषणा गर्ने, मानव अधिकार र मौलिक हक अधिकारको प्रत्याभूति दिने, संविधानको सर्वोच्चता, कानुनको शासन, बहुदलीय प्रतिस्पर्धा, बहुमतको सरकार र अल्पमतको विपक्षी आदि जबजका राजनीतिक मान्यताभित्र पर्छन् । साथै, सबै खालका पुँजीवाद, सामन्तवाद वैदेशिक एकाधिकार, पुँजीवाद, शोषण, उत्पीडन र प्रभुत्ववादका सबै खाले स्वामित्वहरु अन्त्य गर्नु, क्रान्तिकारी भूमिसुधार लागू गर्नु, जनवादी अर्थ व्यवस्था लागू गर्नु जबजका आर्थिक पक्षहरु हुन् । जाति, भाषा र धर्मका आधारमा हुने भेदभावलाई अन्त्य गरी एकाधिकार हुन नदिने, धार्मिक स्वतन्त्रता, समानता, महिला र पुरूषबीचको समानता, समान ज्यालाको व्यवस्था लागू गर्ने । जातपात र छुवाछूतको प्रथालाई अन्त्य गर्ने । आधुनिक र प्रगतिशील गुणात्मक शिक्षा लागू गर्ने । आफ्नै देशको विशिष्टताको आधारमा साम्राज्यवाद र विस्तारवादको विरोध गरी सन्तुलित विदेश नीति लागू गर्ने आदि जबजका गुणात्मक पक्षहरु हुन् ।

अन्तर्राष्ट्रियस्तरमा एक समय त यसले एक खालको तरंग नै मच्चाएकै हो र नेपालमा कार्लमाक्र्स जीवितै छन् भनेर अन्तर्राष्ट्रिय समाचार माध्यमबाट थाहा पाइएकै हो । जतिबेला जबजको अवधारणा बाहिर आयो, त्यतिबेलाको राष्ट्रिय राजनीतिक परिस्थितिमा रहेर विकास गरिएको हो । तर, आज त्यो राजनीतिक परिस्थिति छैन । एक किसिमले भन्ने हो भने राजनीतिक क्रान्ति सम्पन्न भएको छ र अब राष्ट्रमा आर्थिक क्रान्ति गर्नु जरूरी छ । विशिष्ट अवस्थामा उत्पत्ति भएको जबजलाई अहिलेको देशको राजनीतिक विशिष्टताका आधारमा परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको छ ।

समग्रमा भन्नुपर्दा कार्ल माक्र्स र एंगेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र प्रतिपादन गरी विश्वभरि फैलाए । लेनिनले घोषणापत्रको सिद्धान्तलाई अनुसरण गर्दै क्रान्तिको आफ्नै किसिमको सिद्धान्त बनाई क्रान्ति गरी सफल पनि भए । र, माओत्सेतुङले आफ्नो देश सुहाउँदो जनवादी क्रान्ति गरे । कम्युनिस्टहरुका ठूला–ठूला क्रान्ति सफल त भए, तर क्रान्तिको बेला देशले ठूलो क्षति पनि व्योहोर्नु परेको छ । विश्व कम्युनिस्ट आन्दोलनलाई अध्ययन गर्दै शान्तिपूर्ण आन्दोलनबाट पनि सत्ता कब्जा गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेर जनताको बहुदलीय जनवाद सिद्धान्त जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरे । यो सिद्धान्त अहिले नेपाल कम्युनिस्ट पार्टी एमालेको मार्गदर्शक सिद्धान्त हो र सफल हुँदै गई राखेको अवस्था पनि छ ।

प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]