बैशाख ११, २०८१ मंगलबार

दमकमा बढ्यो जुवाजन्य गतिविधि, फेरि ९ जना पक्राउ

बिर्तामोड । झापाको दमकमा जुवाजन्य गतिविधि बढेको छ । प्रहरीले केहि समययता निरन्तर दमकमा छापा हान्दै जुवा खेलमा संलग्नहरुलाई नियन्त्रणमा लिइरहको छ । दमक क्षेत्रमा घरमै जुवा खेलाउने गरेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकले जुवाजन्य तास खेलिरहेका अवस्थामा मंगलवार नगद सहित ९ जना पुरुषलाई पक्राउ गरेको छ । दमक –५ बस्ने टेक बहादुर कार्कीको घरको कोठा भित्र जुवाजन्य तास खेलिरहेको अवस्थामा प्रहरीले ताससहित नगद २९ हजार ७४५ रुपैयाँ सहित पक्राउ गरी ईप्रका दमकमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले जुवा खेलिरहेको अवस्थामा दमक – ५ का टेक बहादुर कार्की (घर धनी), कुशराज खत्री, सुरेश भण्डारी, नारायण कडरिया, प्रदिप थापा, सुर्य न्यौपाने, खगेन्द्र भुजेल, खगेन्द्र राजवंशी र कमल – ५ का सुरेश सुव्वालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार  १ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]