जेष्ठ ६, २०८२ सोमबार

झापाका जिसस प्रमुख पोर्तेलद्वारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

झापा, ११ मङ्सिर । झापा जिल्ला समन्वय समितिका प्रमुख एवम् दलित समुदायका योद्धा सोमनाथ पोर्तेलले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेद्वार बन्ने घोषणा गरेका छन् ।

चितवनको सौराहाबाटै उनले पार्टीको दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका हुन् ।

२०५५ सालमा पार्टी सदस्यता लिएका उनी हाल प्रदेश कमिटी सदस्य र मुक्ति समाज नेपालका प्रदेश नं. १ संयोजक रहेका छन् ।

अनेरास्ववियूबाट राजनीतिमा प्रवेश गरेका उनी नेकपा एमालेबाट झापा जिल्ला समन्वय समिति प्रमुख निर्वाचित भएका हुन् ।

लामो समय जिल्ला र प्रदेशमा बसेर पार्टीमा काम गरिसकेको अनुभवका आधारमा अब केन्द्रीय समितिमा बसेर योगदान दिने उनले इच्छा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार  २ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]