बैशाख ७, २०८१ शुक्रबार

झापा कांग्रेसको परिणाम : कट्टेलको लामो अग्रता थेवेले तोडे

बिर्तामोड । झापा कांग्रेसको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस झापाको सभापति पदमा देउमान थेबेले अर्का उम्मेद्वार राम कट्टेलको अग्रतालाई २९ मत तोडेका छन् ।

निर्वाचनको २८७२ मत गणना हुँदा सभापतिका उम्मेद्वार देउमान थेबेले १४३९ र उनलाई नजिकबाट पछ्याइरहेका राम कट्टेलले १४११ मत प्राप्त गरेका छन् । उपसभापतिमा केशवराज पाण्डेले १५५५ मत, शेरबहादुर भट्टराईले १३७५ मत, प्रेम सम्बाहाम्फेले १३०७ मत र शमशेर गिरीले १२३५ मत प्राप्त गरेका छन् ।

सचिव पदमा नविन बिमलीले १५०० मत, कृष्ण हुमागाईले १३६६ मत, विश्वदीप लिङ्देनले १३५० मत र टोमलाल राजबंशीले १२०७ मत प्राप्त गरेका छन् । सहसचिव पदमा कमल भण्डारीले १४४१ मत, कालेन्द्र राजबंशीले १४१७ मत, पदम लिम्बुले १२८३ मत र उमाराम प्रसाईले १२३६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार  १२ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]