बैशाख १३, २०८१ बिहीबार

एमाले महाधिवेशन : सहमति नभएको पदमा मात्रै चुनाव हुने

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ । सर्वसम्मत रुपमा नाम प्रस्ताव गर्ने जिम्मेवारी पाएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नामावली तयार गर्ने काम गरिरहेको नेताहरुको भनाइ छ । तर, पदाधिकारी र केन्द्रीय सदस्यमा आकाङ्क्षी धेरै भएपछि नामावली तयार गर्न सकस भएको छ ।

बन्दसत्र शुरू हुनुअघि नै ओलीले सर्वसम्मत रुपमा नेतृत्वको प्रस्ताव तयार पार्ने नेताहरूले बताएका छन् । हिजो बेलुका बन्द सत्रमा अध्यक्ष ओलीलाई नाम सिफारिसका लागि सबै अधिकार दिने प्रस्ताव भएअनुसार आज बिहानैदेखि सहमतिको प्रयास चलिरहेको छ । तर नामावली तयार गरी घोषणा गर्ने प्रस्तावमा अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालको असहमति छ ।

दुई नेताको असहमति रहे पनि बन्दसत्रले नामावली पास गरेपछि निर्वाचन कमिटीले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ । कुनै पदमा कसैको असहमति रहेमा मनोनयन दर्ता गरेर चुनावमा जाने तयारी छ । एमालेमा अबको ५ वर्षका लागि नेतृत्व छान्न देशभरिबाट २ हजार १ सय ७५ प्रतिनिधि चितवनको सौराहामा जम्मा भएका छन् । गएको शुक्रवारदेखि शुरू भएको दशौँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सक्ने कार्यतालिका छ ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार  १ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]