बैशाख १२, २०८१ बुधबार

झापा कांग्रेस : थेवेको मतान्तर बढेको बढ्यै, ७८ मतले अघि बढे

बिर्तामोड । झापा कांग्रेसको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस झापाको सभापति पदमा देउमान थेबे ७८ मतले अगाडि बढेका छन् । थेवेले १५१४ मत प्राप्त गरे भने अर्का उम्मेद्वार राम कट्टेलले १४३६ मत प्राप्त गरेका छन् । शुरुआतमा लामो अन्तर बनाएका कट्टेलको मत घट्दै घट्दै गएको छ ।

निर्वाचनको २९७२ मत गणना हुँदा उपसभापतिमा केशवराज पाण्डेले १६३७ मत, शेरबहादुर भट्टराईले १४४८५ मत, प्रेम सम्बाहाम्फेले १३२७ मत र शमशेर गिरीले ११५३ मत प्राप्त गरेका छन् ।

सचिव पदमा नविन बिमलीले १५८२ मत, कृष्ण हुमागाईले १४३८ मत, विश्वदीप लिङ्देनले १३६८ मत र टोमलाल राजबंशीले १२२९ मत प्राप्त गरेका छन् । सहसचिव पदमा कमल भण्डारीले १५१९ मत, कालेन्द्र राजबंशीले १४९७ मत, पदम लिम्बुले १२९५ मत र उमाराम प्रसाईले १२५८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार  २ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]