बैशाख १४, २०८१ शुक्रबार

झापा कांग्रेसको सभापतिमा देउमान थेवे जीत नजिक

बिर्तामोड । झापा कांग्रेसको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस झापाको सभापति पदका उम्मेद्वार देउमान थेबेले मत अन्तर बढाएका छन् । अर्का सभापति पदका उम्मेद्वार राम कट्टेललाई १८३ मतान्तरले पछि पारेका छन् ।

थेवेले १६६४ मत प्राप्त गरे भने अर्का उम्मेद्वार राम कट्टेलले १४८० मत प्राप्त गरेका छन् । शुरुआतमा लामो अन्तर बनाएका कट्टेलको मत घट्दै घट्दै गएको छ । निर्वाचनको ३१७३ मत गणना भइसकेको छ भने बाँकी २ सय मत गणना भइरहेको छ ।

यस्तै, उपसभापतिमा केशवराज पाण्डेले १७९१ मत, शेरबहादुर भट्टराईले १५८३ मत, प्रेम सम्बाहाम्फेले १३७३ मत र शमशेर गिरीले ११९० मत प्राप्त गरेका छन् ।

सचिव पदमा नविन बिमलीले १७३१ मत, कृष्ण हुमागाईले १५८० मत, विश्वदीप लिङ्देनले १४०४ मत र टोमलाल राजबंशीले १२७६ मत प्राप्त गरेका छन् । सहसचिव पदमा कमल भण्डारीले १६६५ मत, कालेन्द्र राजबंशीले १६६० मत, पदम लिम्बुले १३२१ मत र उमाराम प्रसाईले १३०० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार  ३ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]