बैशाख ११, २०८१ मंगलबार

निर्णायक छलफलमा ओली, केन्द्रीय सदस्यहरू सबै दोहोरिँदै

सौराहा – नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्व चयनका लागि अन्तिम छलफलमा लाग्नु भएको छ । उहाँले आफू निकट नेताहरू प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु पौडेललगायतसँग छलफल गर्नुभएको हो । 

छलफलका क्रममा नेतृत्वको सूची टुंग्याएर बन्द सत्रमा पेस गर्ने तयारी भएको छ । छलफल सकिएसँगै केही बेरमा अध्यक्ष ओली पार्क सफारीबाट बन्दसत्र हल रहेको सेभेन स्टार होटेलमा जाँदै हुनुहुन्छ । 

महासचिव पोखरेल र दलका उपनेता सुवास नेम्वाङ भने बन्दसत्र स्थल पुगिसक्नु भएको छ । प्रस्तावित सूचीमा ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष नै दाबी गर्दै आउनु भएको नेम्वाङलाई उपाध्यक्ष, महासचिवमा विष्णु पौडेल र महासचिव दाबी गर्नुभएका  शंकर पोखरेललाई उपाध्यक्ष, उपमहासचिवमा प्रदीप ज्ञवालीको टुंगो लागिसकेको छ ।

नेताहरूका अनुसार केन्द्रीय कमिटीमा हाल रहेका एक सय ९६ जनालाई दोहोर्‍याउने र एक सय पाँच जना नयाँ ल्याउने गरी गृृहकार्य चलिरहेको छ ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार  ४ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]