बैशाख ११, २०८१ मंगलबार

नेपाली कांग्रेस झापाको नेतृत्वमा थेवे प्यानलको वर्चश्व (मत परिणामसहित)

बिर्तामोड । नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे १७६५ निर्वाचित भएका छन् । पदाधिकारीमा समेत थेवे प्यानल नै निर्वाचित भएको छ । मत परिणाम अनुसार उपसभापतिमा थेवे प्यानलका शेर बहादुर भट्टराई १६७४, केशवराज पाण्डे १८८९ निर्वाचित भएका छन् । यस्तै, सचिवमा नविन विमली १८३८ र कृष्ण हुँमागाई १६७६ निर्वाचित भएका हुन् । सहसचिवमा कमल भण्डारी १७६० र कालेन्द्र राजवंशी १७६५ निर्वाचित भएका छन् ।

अर्का सभापति पद्का उम्मेद्वार राम कट्टेलले १५१५, उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले १४१५, शमशेर गिरी १२२१, सचिवका उम्मेद्वार विश्वदीप लिङ्देनले १४३१, टोमलाल राजबंशीले १३१५ मत प्राप्त गरेका छन् । सहसचिव पदमा पदम लिम्बुले १३४७ र उमाराम प्रसाईले १३३७ मत प्राप्त गरेका छन् ।

झापा कांग्रेस दुई प्यानल बनाएर निर्वाचनमा होमिएको थियो । कांग्रेस नेता कृष्ण सिटौलाको प्यानलबाट थेवे र विश्वप्रकाश शर्माको प्यानलबाट कट्टेललाई उम्मेद्वार बनाइएको थियो । झापा कांग्रेसमा कमजोर मानिएको कट्टेल समूहले निर्वाचनमा सम्माजनक मत ल्याउन सफल भएको छ । कट्टेल समूहले ल्याएको मत अनुपातले झापामा शक्ति सन्तुलनमा बराबर रहेको देखाएको छ ।

पदाधिकारीमा प्यानल नै जितेको थेवे समूहले सदस्यहरुमा समेत वर्चश्व कायम गरेको कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार  ४ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]