बैशाख ११, २०८१ मंगलबार

बन्द सत्र साँझ ७ बजेदेखि शुरु हुने, ३०१ केन्द्रीय सदस्यको सूची तयार  

चितवन – नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताउनुभयो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताउनुभयो । अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आउनुभएको थियो । उहाँहरू अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किएका छन् ।

३०१ केन्द्रीय सदस्यको सूची तयार  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् । स्रोतका अनुसार वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ भने अरु नाम मिलाएर थपिएको छ ।

सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले विहान १० बने बन्दसत्र राख्नुभएको थियो । तर बन्दसत्र रोकेर छलफलमा जुट्नुभएका उहाँले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिनुभएको थियो ।

अध्यक्ष ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिनुभएको हो ।

चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाउनुभएको हो । आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले बताउनुभयो । अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार  ५ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]