बैशाख १३, २०८१ बिहीबार

पदाधिकारीको टुंगो लागिसक्यो : शेरबहादुर तामाङ

चितवन – नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत बन्दसत्र ८ बजेबाट सुरु हुने भएको छ ।

एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजेबाट सुरु हुने बताउनुभएको हो। उहाँले निर्वाचन भए आफ्नो दाबी सचिवमा रहे पनि अब नेतृत्वले जता राख्यो त्यतै बस्ने बताउनुभयो ।

‘चुनाव भएको भए मेरो दाबी सचिवमा हुन्थ्यो । अब जहाँ आवश्यक पर्छ त्यही राख्छन् । नेतृत्वलाई धेरै प्रेसर नदिऊ,’ उहाँले भन्नुभयो । उहाँले केन्द्रीय कमिटीको नाम कलस्टरवाइज मिलाउँदा ढिला भएको बताउनुभयो । यसका साथै उहाँले पदाधिकारीको नामावली विवाद रहित ढंगले टुंगिसकेको बताउनुभयो। बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै दिनभर नेताहरूसँग छलफल गरेपछि अहिलेसम्म पनि बन्दसत्र चल्न सकेको हो ।

प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]