जेष्ठ २, २०८१ बुधबार

‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइज र एनआरटी तथा मच्छिन्द्र र आर्मी खेल्दै

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेल हुनेछन् । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) खेल्दैछन् । खेल दिउँसो १ बजे हुने छ । 

पहिलाे खेलमा विभागीय टिम एपीएफलाई ३-२ गोल अन्तरले हराएकाे बिग्रेड आज लगातार दाेस्राे जितकाे खाेजीमा हुनेछ भने एनआरटी पहिलाे जितकाे खाेजीमा हुनेछ । एनआरटी यसअघि भएकाे पहिलाे खेलमा साविक विजेता मच्छिन्द्र क्लबसँग २-१ गोल अन्तरले पराजित भएको थियो । 

बिग्रेड ३ अङ्कसहित तालिकाकाे पाँचौँ स्थानमा छ भने अङ्कविहीन एनआरटी १२ औँ स्थानमा छ । यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे साविक विजेता मच्छिन्द्र क्लब र उपविजेता त्रिभुवन आर्मी क्लब खेल्ने छन् ।

पहिलाे खेलमा एनआरटीलाई २-१ गाेल अन्तरले हराएकाे मच्छिन्द्र आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने आर्मी पहिलो जितको खोजीमा हुनेछ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेकाे थियाे । मच्छिन्द्र तीन अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ भने  त्रिभुवन आर्मी १ अङ्कसहित आठौँ स्थानमा छ । 

प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]