जेष्ठ २, २०८१ बुधबार

दिलमाया स्मृति कपको खेल मंसिर १७ देखि

बिर्तामोड । सांसद् एलपी साँबा लिम्बुको ममतामयी माता दिलमाया साँवाको स्मृतिमा हुन गइरहेको झापा जिल्ला क्षेत्र नम्बर ४ स्तरीय फुटबल प्रतियोगिताको दोस्रो चरणको सुपर आठ फुटबल प्रतियोगिता मंसिर १७ गतेदेखि हुने भएको छ ।

यसअघि मंसिर १८ गतेदेखि दुधेस्थित रङ्गशालामा हुने भनिए पनि प्राविधिक कारणले खेल एक दिन अगाडि सारिएको मुल आयोजक समितिका संयोजक सुनिल भेटवालले जानकारी दिए । सुपर ८ खेलको उद्घाटन समेत संविधानसभाका अध्यक्ष सुबास नेम्बाङबाट हुने तयारी भएको संयोजक भेटवालले जानकारी दिएका छन् । उद्घाटन खेल शिवसताक्षी ११ र झापा गाउँपालिका ७ बिच हुने छ ।

यसअघि झापा क्षेत्र नम्बर ४ का २८ वडाबाट छनौट खेल गरि उत्कृष्ट ८ टिमको छनौट गरिएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख २५ हजार र दोस्रो हुने टिमले १ लाख २५ हजार रुपैँया पाउने छन् ।

प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार  ९ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]