जेष्ठ ७, २०८२ मंगलबार

बिर्तामोडमा संगीत कार्यशाला हुने

बिर्तामोड । झापा ब्यान्ड एसोसिएसनको आयोजनामा बिर्तामोडमा एक दिने संगीत कार्यशाला र प्रत्यक्ष प्रस्तुति हुने भएको छ ।
यही मंसिर २२ गते बिर्तामोडको होटल मण्डलामा आयोजना हुने कार्यक्रममा कान्ता दाब दाब ब्यान्डका कलाकारको बेजोड प्रस्तुति रहने एसोसिएसनका वरिष्ठ उपाध्यक्ष विशाल अग्रवालले जानकारी दिए ।

अग्रवालका अनुसार कलाकारहरु रिजु तुलाधर, निखिल तुलाधर र सुनित कंसकारले संयुक्त प्रस्तुति दिने छन् । झापालाई संगीतको हबको रुपमा विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

त्यस्तै, संगीत सम्बन्धी ज्ञानको विकास गर्दै अझ बृद्धि गर्न र संगीतबारे अध्ययन गर्न प्रेरणा दिलाउँदै धेरै संगीतकर्मी उत्पादनमा टेवा पुर्याउने लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको अग्रवालले बताए । कलकारहरुको रहस्यमय प्रस्तुति हेर्नका लागि एक हजार रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।

प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार  १० : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]