जेष्ठ ७, २०८२ मंगलबार

पहिलो प्रदेश अधिवेशन गर्दै कांग्रेस

काठमाडौं । मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेस आज (बिहीबार) पहिलोपल्ट प्रदेश अधिवेशन गर्दैछ ।
सत्तारूढ दल कांग्रेसले आफ्नो १४औं महाधिवेशनअन्तर्गत आज सातै प्रदेशमा प्रदेशस्तरीय अधिवेशन गर्ने भएको हो । सात प्रदेशका अधिवेशन प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज दिउँसो २ बजे प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । उनका अनुसार प्रदेश–१ को अधिवेशन विराटनगर, २ को जनकपुर, बागमतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुनेछ । अधिवेशनले पहिलो पटक कांग्रेसको प्रदेश कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]