जेष्ठ ७, २०८२ मंगलबार

बीमा गरेका मजदुरको परिवारलाई मृत्यू पश्चात ७ लाख

बिर्तामोड । करेन्ट लागेर ज्यान गुमाएका मजदुरलाई कार्यस्थल दुर्घटना बीमा वापत ७ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । गत जेठ महिनामा घर निर्माणको क्रममा पाँचथर याङवरक–५ का २१ वर्षीय बल बहादुर तावाको मृत्यु भएको थियो । बिर्तामोड–४ मा घर निर्माण गर्ने क्रममा तावाको करेन्ट लागेर ज्यान गएको थियो ।

क्यूपेक नेपाल झापा जिल्ला कमिटीको कार्यलयमा आफन्त समेत रहेका ठेकेदार नरेन्द्र मावोलाई उक्त रकम बुझाइएको क्यूपेक झापाका अध्यक्ष गंगा पासवानले जानकारी दिए । विभिन्न क्षेत्रमा मजदुरी गर्नेहरुको कार्यस्थल दुर्घटना बीमा गर्दै आएको क्यूपेकले दुर्घटनापछि बीमा रकम उपलब्ध गराउदै आएको छ । बीमा कम्पनीसँगको समन्वयमा क्यूपेकले मजदुरको सुरक्षाका लागि ५ हजार रकम लिएर बीमा गर्ने गरेको छ । सो रकमले एक वर्षभरिका लागि काम गर्ने बताइएको छ ।

सो बीमाका लागि क्यूपेकले मजदुरको दैनिक हाजिरी गराउने गरेको छ । चोटपटक लागेका ७० हजार र मृत्यु भएमा ७ लाख नगद् बीमा वापत उपलब्ध गराउँदै आएको क्यूपेक झापाले जनाएको छ । मृतक तावाको परिवारलाई पुर्याउने गरि मावोले रकम बुझेका छन् । उनलाई बीमा वापतको रकम क्यूपेकका केन्द्रीय उपमहासचिव एवम् जिफन्टका प्रदेश सचिव अमिर लिङ्देन, बीमा समितिका संयोजक निरानन्द गिरी र झापाका अध्यक्ष पासवानले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]