जेष्ठ ६, २०८१ आईतबार

आज कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी

झापा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि आज बोर्डको बैठक बस्दैछ । बैठकले आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माकाअनुसार एक/दुई दिन भित्रै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

बोर्ड बैठकले आजै नतिजा निकाल्ने निर्णय पनि गर्न सक्नेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।

देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण यसपालि परीक्षा ढिलो गरी भएको थियो । यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएपछि परीक्षा दिन नपाएका विद्यार्थीका लागि आउँदो बुधवारसम्म परीक्षा सञ्चालन हुने छ ।

हिजोदेखि छुटेका विद्यार्थीहरुका लागि परीक्षा सुरु भएको हो । परीक्षा सकिएको १० दिनभित्र नतिजा निकाल्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ । 

प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]