जेष्ठ ७, २०८२ मंगलबार

उजुरी आएमा विधार्थी कुट्ने शिक्षकलाई कारवाही गछौं : एसपी भट्टराई

बिर्तामोड । निर्घात कुटपिट गर्दा समेत शिक्षक विरुद्ध परिवारले प्रहरीमा उजुरी गरेको छैन । बिर्तामोड–५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोखरेलले विद्यार्थीलाई निर्घात कुटपिट गर्दा समेत परिवारले उजुरी नगर्दा प्रहरीले पक्राउ गर्न सकेन ।

होमवर्क नगरेको निहुँमा कक्षा –३ का ९ वर्षीय अविरल तिम्सिनालाई शिक्षक पोखरेलले निलडाम बस्ने गरि कुटपिट गरेका छन् । सो घटनालाई विधालयकै दवावमा सामसुम पारिएको बुझिएको छ । वडा प्रतिनिधि, बिर्तामोड बसपार्कका प्रहरी इञ्चार्ज, टोल समितिका प्रतिनिधि, विद्यालय प्रशासन र पीडित पक्षबीच बिहीबार विद्यालयको एउटा कोठाभित्र सहमति भएको जनाइएको छ ।
बाँसको लट्ठीले निर्घात कुटिएका विधार्थीको तिघ्रा, गाला र डढेलोमा नीलडाम बसेको छ । विधार्थीको आमा अञ्जनाले बालबालिकालाई निर्घाट कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग राखिन् ।

झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले अहिलेसम्म शिक्षकलाई कारवाही गरि पाउँ भनेर कतै उजुरी नपरेको जानकारी दिए । उनका अनुसार उजुरी पर्ने वित्तिकै पक्राउ गरि कारवाही गरिनेछ । घटनाको सम्बन्धमा प्रहरीको ध्यानाकर्षण भएको छ, प्रमुख भट्टराईले भने– पीडित पक्षले तत्काल उजुरी गरोस् । हामी कारवाही गछौं ।

प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]