जेष्ठ ५, २०८१ शनिबार

देश ठप्प भइसक्यो, जनतासँग जानुको विकल्प छैन : नेम्वाङ

दुधे । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले परमादशेबाट सरकार बनेदेखि मुलुक ठप्प भएको बताएका छन् । ठप्प भएको मुलुकलाई चलायमान बनाउन ताजा जनादेशमा जानुपर्ने बताए ।

झापाको दुधेमा शुक्रवारदेखि शुरु भएको दिलमाया स्मति कप–२०७८ फुटबल प्रतियोगिताको उद्घाटनमा बोल्नै नेता नेम्वाङले सरकार सिंको नभाच्ने, प्रतिनिधि सभालाई काम विहीन बनाउने र अदालतमा न्याय सम्पादनको काम बन्द गरेर मुलुक नै ठप्प बनाएको आरोप लगाए । उनले यि सबै ठप्प भएका क्षेत्रलाई चलायमान बनाउन निर्वाचन अपरिहार्य भएको बताए ।

झापा जिल्ला क्षेत्र नं. ४ वडा स्तरीय फुटवल प्रतियोगिताको दोस्रो चरणको खेललाई सम्बोधन गर्दै उनले संमृद्धि नचाहनेहरुले मुलुकलाई ठप्प बनाएको आरोप लगाए । उनले नेपालको इतिहासमा पहिलो पटक सर्वोच्च अदालत ठप्प भएको सुनाए । जनताले न्याय खोज्दै जाने ठाउँमा यस्तो समस्या संसार मै नहुने उनको भनाई थियो । सरकार, संसद् सिंको भाँच्दैन , नेता नेम्वाङले भने – सर्वोच्च अदालत एउटा फैसला गर्न सक्दैन ।

नेकपा एमाले जनताको बिचमा जान तयार रहेको भन्दै उनले अन्य दलहरुलाई समेत ढिलाई नगर्न आग्रह गरे । हामी जनताको बिचमा हिसाव किताव लिएर जान्छौ, उनले थपे– प्रतिपक्षी दलले यसो भनिरहेको बेला सत्ता पक्ष भाग्नु स्वभाविक हुने छैन । नेपाली कांग्रेस र राप्रपा समेत महाधिवेशनमा होमिएकाले त्यसपश्चात देशलाई गम्भीर अवस्थाबाट मुक्त गराउन लाग्ने विश्वास व्यक्त गरेका छन् । देशलाई यो अवस्थाबाट मुक्त गराउन जनताको बिचमा जानैपर्छ, त्यसबाहेक कुनै विकल्प छैन – नेम्बाङले भने ।

उद्घाटन समारोहमा दिलमाया स्मृति प्रतिष्ठानका संरक्षक सांसद् एलपी साँवा र नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले मन्तव्य राखेको कार्यक्रमका अध्यक्ष सुनिल भेट्वालले जानकारी दिए । प्रतियोगितामा व्यापक झाँकी प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]