जेष्ठ ५, २०८१ शनिबार

आदिवासी जनजातिको नेतृत्व विकास

दुधे । शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा शनिवार देखी नेतृत्व विकास तथा सचेतना अभिमुखिकरण तीन दिवसीय तालिम सुरु भएको छ । नगरको ६ लाख ५० हजार आर्थिक सहयोगमा ११ वटै वडाका आदिवासी जनजातीको नेतृत्व विकास सचेतना सम्बन्धी अभिमुखी करण तालिम सुरु गरिएको आदिवासी जनजाती समन्वय परिषद शिवसताक्षीका कोषाध्यक्ष हेमन गुरुङले बताए । ‘हरेक वडामा रहेका आदिवासी जनजातीहरुलाई उनीहरुको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने ।

आदिवासी जनजाती सामुदायिक भवनमा एक कार्यक्रममा आयोजना गर्दे तालिमको उद्धघाटन गरिएको हो । आदिवासी जनजाति समन्वय परिषद् झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले तालिमको उद्धघाटन गरेका हुन् । उनले सरकारले केहि हदसम्म आदिवासी जनजातिका मुद्धाको सम्बोधन गर्न न्यून कार्यक्रम ल्याएको बताए । ‘हाम्रो माग र लडाईका आधारमा सरकारले आफुहरुको जिवनस्तर उकास्नका लागि रचनात्मक कार्यक्रम ल्याएको हो । अपेक्षा गरे अनुसारको माग सम्बोधन गर्न सरकारले नसके पनि हामी सरकारको विवेचना चै गर्छौ नै,’ उनले भने ।

तालिमको सहजीकरण आदिवासी जनजाती समन्वय परिषद् झापाका पूर्व सचिव अधिवक्ता शम्भु थापा मगरले गर्ने छन् । ‘शनिवार तालिमको उद्धघाटन मात्र गरिएको हो, आयोजक आदिवासी जनजाती समन्वय परिषद शिवसताक्षीका अध्यक्ष मणीकुमार माझीले भने, ‘१९ गते वडा नम्बर १, २ र ३ का आदिवासी जनजातीलाई वडा नम्बर २ मंगलबारेको वडा कार्यलयको तालिम हलमा, वडा नम्बर ४,५ र ६ का आदिवासीका लागि जनता बजार वडा नम्बर ४ मा २२ देखी २४ गते सम्म तालिम हुने छ ।’

यस्तै वडा नम्बर ८ र ११ का लागि झिलझिलेको किराँत भवनमा २५ देखी २७ सम्म र वडा नम्बर ७, ९ र ११ का लागि दुधेको आदिवासी जनजाति भवनमा २९ देखी पुस १ गते सम्म तालिम हुने उनले बताएका छन् । आदिवासी जनजाती समन्वय परिषद शिवसताक्षी नगरका अध्यक्ष मणी कुमार माझीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव नविन लामाले गरेका थिए । कार्यक्रममा थारु कल्याणकारी परिषदका नगर अध्यक्ष रामदेव चौधरी लगायतले तालिम सफलताको कामना गर्दे प्राप्त सीप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई अपील गरेका थिए ।

प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]