जेष्ठ १, २०८१ मंगलबार

दिलमाया स्मृति कप : झापा ६ सेमीफाइलनमा

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दिलमाया स्मृति कपको सुपर ८ को आइतबार भएको खेलमा झापा ६ विजयी भएको छ । शिवसताक्षी २ लाई ५– १ गोलअन्तरले पराजित गर्दै झापा ६ विजयी भएको हो ।

खेलकोे २५ औं मिनेटमा झापा ६ तर्फबाट जर्सी नं. १३ का सुजन पौडेलले पहिलो गोल गर्र्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा जर्सी नं. १३ का सुजन पौडेलले दोस्रो गोल गर्न सफल भए । त्यस्तै ५९ औ मिनेटमा झापाका तर्फ लगातर रुपमा जर्सी नंं १७ का आनन्द लिम्बुले तेस्रो गोल गरे ।

त्यसैगरी खेलको ६३ औं मिनेटमा शिवसताक्षी २ का लागि जर्सी नं. ८ काजोन मुुर्मुले सान्तवना गोल फर्काए । झापा ६ ले लगातार गोल गर्ने क्रममा खेलको ६३ मिनेटमा जर्सी नं. ११ का रमेश खनालले थप गोल गर्दै झापा ७ का लागि फराकिलो अन्तर बनाउन सफल भए । खेलको ६९ मिनेटमा झापा ६ का लागि सुजन पौडेलले गोल गर्दै ह्याक्ट्रिक पुरा गरे ।

खेलको इन्जुरी समयमा शिवसताक्षी २ का जर्सी नं. ४ का किशोर योङ्गहाङ्गले रातो कार्ड पाएर मैदानबाट बाहिरिए । खेलको म्यान अफ दि म्याज विजेता टिमको सुजन पौडेल घोषित भए । उनले नगद २५ सय प्राप्त गरे । खेलको विजेता टिमले २ लाख २५ हजार प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद १ लाख २५ हजार प्राप्तगर्ने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ । सोमबार हुने खेल शिवसताक्षी १० र कनकाई ६ का बीच हुने छ । प्रतियागिता खेल हुनुभन्दा अघि शिवसताक्षी भेट्रान र विर्तामोड भेट्रान बीच मैत्रीमुर्ण खेल हुने बताइएको छ ।

प्रकाशित मिति : मंसिर १९, २०७८ आईतबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]