जेष्ठ २, २०८१ बुधबार

दिलमाया स्मृतिकप : शिवसताक्षी १० सेमीफाइलनमा

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दिलमाया स्मृति कपको सुप्पर ८ को सोमबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. १० सेमीफाइनलमा प्रवेश गरेको छ । कनकाई नगरपालिका वडा नंं. ६ लाई ५–०गोल अन्तरले पराजित गर्दै शिवसताक्षी १० सेमीफाइनलमा प्रवेश गरेको हो ।

खेलको १ मिनेट मै शिवसताक्षीका लागि जर्सी नं.७ का पवन राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ४ औं मिनेटमा शिवसताक्षीका जर्सी नं. ९ का मनिष लिम्बुले एक गोल थप गरी दुई गोलको अन्तर बनाए । त्यस्तै खेलको २६ पवन राईले नै पुन गोल गर्दै खेलमा अग्रता कायम राखे । लगातार गोल गर्दै शिवसताक्षीको तर्फबाट जर्सी नं. १७ का रुपेश साम्सुहाङ्गले गोल गरे । खेलको ६२ औं मिनेटमा शिवसताक्षीका मनिष लिम्बुले पाँचौ गोल गर्दै कनकाई विरुद्ध फराकिलो गोलअन्तर बनाए । खेलको म्यान आफ दी म्याज विजेता टिमको पवन राई घोषित भए । उनले नगद २५ सय प्राप्त गरे ।

खेलको विजेता टिमले २ लाख २५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले नगद १ लाख २५ हजार प्राप्तगर्ने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ । मंगलबार हुने खेल गौरादह ९ र कनकाई ५ का बीच हुने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]