जेष्ठ २, २०८१ बुधबार

तमु ल्होसार गोल्डकप महिला फुटबल हुने

बिर्तामोड । झापाको बिर्तामोडमा तमु ल्होसार गोल्डकप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । बिर्तामोड फुटबल क्लबको आयोजनामा यही पुस ८ गतेदेखि १५ गतेसम्म डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता सञ्चालन हुने अध्यक्ष डिके गुरुङले जानकारी दिए । सोमवार बिर्तामोडमा क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे बताएको हो ।

दोस्रो संस्करणको प्रतियोगितामा १ नम्बर प्रदेशका ५ र भारतका ३ टिमको सहभागिता रहने जनाइएको छ । नेपालबाट झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङ र उदयपुर तथा भारतबाट सिक्किम, दार्जिलिङ र सिलिगुडी टिमहरु आउने गुरुङले बताए । प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने ट भने उपविजेताले ५१ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा २०७६ सालबाट प्रतियोगिता आयोजना हुँदै आएको छ । गत वर्ष भने कोभिडका कारण भएको लकडाउनले खेल प्रभावित भएको थियो । यसैबीच, बिर्तामोड फुटबल क्लबकै आयोजनामा यही मंसिर २३ गतेदेखि किशोरी खेलाडीहरुलाई निःशुल्क प्रशिक्षण दिइने भएको छ । महिला फुटबलको विकासका लागि प्रशिक्षण सुरु गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]