बैशाख २५, २०८१ मंगलबार

कितावभित्र ब्राउन सुगर राखेर ल्याउने पक्राउ

बिर्तामोड । सल्यान बनगाउँ नगरपालिका–१ का ३० वर्षीय रमेश डिसी ब्राउन सुगरसहित काँकरभिट्टामा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले डिसीलाई २३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

मंगलवार विहान ११ बजे भारतबाट नेपाल आउँदै गरेका डिसीलाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । सोही क्रममा उनको साथमा प्रतिबन्धित लागुऔषध फेला परेको थियो । प्रहरीका अनुसार कितावभित्र ब्राउन सुगर लुकाएर राखिएको अवस्थामा प्रहरीले भेटेको थियो । पैदल आउने क्रममा पक्राउ परेका युवकलाई इप्रका काँकरभिट्टामा राखेर अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]