जेष्ठ ७, २०८१ सोमबार

सर्टिफिकेटमा अतिरिक्त शुल्क : कञ्चनजंगाका विद्यार्थीले लेखे बोर्डलाई चिठ्ठी

बिर्तामोड । झापाका एक विद्यार्थीले विधालयमा ठगिएको विषय सोझै राष्ट्रिय परीक्षा बोर्डलाई जानकारी गराएका छन् । मंगलवार हस्तलिखित निवेदन पठाउँदै भद्रपुर–७ का माधव राज आचार्यले ट्रान्स्कृप्ट सर्टिफिकेटमा विधालयले अतिरिक्त शुल्क लिएको बोर्डलाई जानकारी गराएका हुन् ।

बिर्तामोडमा रहेको कञ्चनजंगा अंग्रेजी माध्यमिक विधालयबाट कक्षा १२ पास गरेका आचार्यले ११ सय रुपैयाँ तिर्दा पाइने सर्टिफिकेटमा अतिरिक्त शुल्क लिएको बताए । ११ सय लिनुपर्नेमा विधालयले २ हजार लिइरहेको छ, विद्यार्थी आचार्यले भने– ‘त्यसको बिल पनि पाइनदै, चिर्कटोमा लेखेर दिइन्छ ।’ आचार्यले विज्ञान संकायबाट भर्खरै कक्षा १२ पास गरेका हुन् ।

१२ कक्षाको परीक्षाफल प्रकाशित भएपछि मंसिर १७ गते राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै सर्टिफिकेटका लागि ११ सय रुपैयाँ बुझाउनुपर्ने उल्लेख गरेको थियो । उनले निवेदनमा लेखेका छन्, हामी जस्ता सोझासाझा विद्यार्थीसँग विधालयले २ हजार लिइरहेको छ । उनका अनुसार साथीहरुले २ हजार बुझाएर आधिकारिक बिलको सट्टा चिर्कटो पाइरहेका छन् । यसअघि विभिन्न शिर्षकका शुल्क तिरेपछि आधिकारिक बिल पाइन्थो, उनले भने – विद्यार्थीमाथि अन्याय , अत्याचार भएको छ ।

बोर्डको विराटनगर कार्यालयबाट ल्याइने सर्टिफिकेटमा ९ सय रुपैयाँ अतिरिक्त लिनु उचित नभएको उनको भनाई छ । लिए पनि बिल दिनुपर्छ । उनले बोर्डलाई निवेदन लेख्दै विधालयलाई स्पष्टिकरण सोधर विद्यार्थीलाई न्याय दिन सरोकारवालासँग माग गरेका छन् ।
विधालयका प्रिन्सिपल गुरुभक्त न्यौपानेले विधार्थीमाथि अन्याय नगरेको बताए । उनले विधार्थीलाई उल्टै सहुलीयत दिएको इजलाससित बताएका छन् । न्यौपानेका अनुसार ट्रान्स्कृप्ट, प्रोभिजनल,माइग्रेशन र क्यारेक्टर सर्टिफिकेटको एकमुष्ट २ हजार लिने गरेको स्वीकार गरे । क्यारेक्टरको ५ सय विधालयले राखेर ११ सय राष्ट्रिय परीक्षा बोर्डलाई बुझाउने गरेको उनको भनाई छ । सो काममा जाने आउने व्यक्तिले बाँकी रहेको ४ सय रुपैयाँ खर्च गर्ने गरेको जानकारी दिए ।

प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार  ११ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]