बैशाख ३०, २०८१ आईतबार

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

विराटनगर, २२ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३६२ जनाको पीसीआर परीक्षण गर्दा २२ र ११५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर झापामा ९, मोरङमा ७ र सुनसरीमा ६ जनामा संक्रमण देखिएको हो । झापाको भद्रपुर, मेचीनगर र बुद्धशान्तिमा २–२, विर्तामोड, गौरादह र दमकमा १–१, मोरङको विराटनगरमा ४, पथरीशनिश्चरे, रंगेली र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ४, रामधुनी र धरानमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार  ५ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]