बैशाख २५, २०८१ मंगलबार

काँकरभिट्टा नाकामा उच्च सतर्कता

मेचीनगर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण शुरु भएसँगै झापाको मेचीनगर नगरपालिकाले यसको संक्रमण रोक्न तथा भित्रिन नदिन काँकरभिट्टा नाकामा उच्च सतर्कता अप्नाउन थालेको छ ।

मेचीनगर नगरपालिकाले कोभिड १९ को पहिलो लहरमै यसको नियन्त्रण र रोकथमका लागि काँकरभिट्टा नाकामा सञ्चालनमा ल्याएको कोभिड १९ नियन्त्रण तथा परामर्श सहायत कक्ष ‐हेल्पडेक्स) पुनः सञ्चालनमा ल्याउने नगर प्रमुख विमल आचार्यले जानकारी दिए ।
बुधबार नगर कार्यपालिकाको बैठकले सहायत कक्ष ‐हेल्पडेक्स) पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सहायत कक्ष ‐हेल्पडेक्स) मा दक्ष तथा अनुभवी स्वास्थ्यकर्मी परिचालन गरीने र विदेशबाट आएकाहरुको ज्वरो मापन गर्ने अत्यधिक ज्वरो भेटिए उनीहरुको अनिवार्य पीसीआर परीक्षण गर्ने नगर प्रमुख आचार्यको भनाई छ ।

नेपाल सरकारले दक्षिण अफ्रिकी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाए लगत्तै पूर्वी नाकाबाट दक्षिण अफ्रिकी नागरिक तथा कोभिड संक्रमित काँकरभिट्टा नाका भएर प्रवेश नगरुन भनेर कडा निगरानी बढाईएको नगरप्रमुख आचार्यको भनाई छ ।
यसैगरी, मेचीनगर नगरपालिकामा मंसिर २६ गतेदेखि सञ्चालन हुने खोप कार्यलाई व्यवस्थित बनाउन नगरपालिकाले सवै जनप्रतिनिधि, टोल विकास संस्था, विभिन्न सरकारी र गैरसरकारी सघ संस्थाका प्रमुख प्रतिनिधिसहित सवै नगरवासीमा आग्रह गरेको छ ।
नगरपालिकाभित्रका १८ वर्ष माथिका सवै नागरिकहरु र गर्भवती भएको पहिलो त्रैमासीक पुगेका सवै आमाहरुलाई कोभिड १९ विरुद्घको खोप भेरोसिल पाउने भएका छन् । आगामी २६ गतेदेखि मेचीनगरमा खोप सञ्चालन हुने छ । २६ गते १ देखि ९ नम्बर वडासम्मका वडावासीलाई खोप लगाइने तयारी गरिएको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले बताए ।

नेपाल सरकारको १८ वर्ष माथिका सवै नागरिकहरु र गर्भवती भएको पहिलो त्रैमासीक पुगेका सवै आमाहरुलाई कोभिड १९ विरुद्घको खोपउपलबध गराउने नीति तथा खोपको भण्डारण र सिरिञ्जको उपलब्धताको आधारमा क्रमैसँग सवै पालिकाहरुलाई खोप उपलबध गराउने र पहिलो चरणमा मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकालाई डीसीएमसीको मंसिर २२ गतेको निर्णय भएर अनुसार आगामी २६ गतेदेखि खोप सञ्चालन गर्न र खोप सञ्चालनको आन्तरिक व्यवस्थापन मिलाउनुपर्ने भएकाले नगरपालिकाले खोपलाई व्यवस्थित गर्न सवैमा आग्रह गरिएको उपप्रमुख उप्रेतीको भनाई छ । खोप लगाउन आउनेलाई अनिवार्य नेपाली नागरिकताको प्रमाण पत्र तथा खोप कुपन गरिएको छ ।

चालु आर्थिक वर्ष २०७८-०७९ को बजेट बक्तव्यको बुँदा नम्बर ३ मा आगामी २ वर्ष भित्र सवै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने उल्लेख भए अनुसार चालु आर्थिक वर्ष भित्र मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्न नगरपालिकाले विभिन्न समिति गठन गर्ने भएको छ । चालु आर्थिक वर्षमा मेचीनगरसहित २२ वटा स्थानीय तहमा क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्ने सरकारको योजना छ । क्षयरोग मुक्त घोषणा अभियान सञ्चालनका लागि स्वीकृत निर्देशिकामा उल्लेख भएका मेचीनगर नगरपालिकामा नगरप्रमुखको अध्यक्षतामा स्थानीय समिति र वडाअध्यक्षहरुको अध्यक्षतामा वडा समिति गठन गरिने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिए ।

यसैगरी निर्वाचन कार्यालयले सञ्चालन गरेको पालिका स्तरीय फोटोसहितको मतदाता नामावली संकलन समबन्धि एकदिने अन्तरक्रिया नगरपालिकाले बुधबार सम्पन्न गरेको छ । मेचीनगरक्षेत्रमा पुस ४ गतेदेखि पुस १८ गतेसम्म उक्त कार्य सञ्चालन हुने छ । यसको प्रचार प्रसारलाई तीव्र पार्ने, विभिन्न वडाहरुमा क्रमस समय र मिति तोकेको छ ।

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]