चैत्र ६, २०८० मंगलबार

विधार्थीले फलाए काक्रा , धान र करेला

कृषिका विधार्थी देशका आइकन : कार्की

गौरादह । गौरादह कृषि क्याम्पसमा नव आगन्तुक ४५ जना विधार्थीलाई भव्य स्वागत गरिएको छ । उनीहरु आएसँगै क्याम्पसमा विधार्थीको संख्या ९२ पुगेको छ ।
गत वर्षबाट शुरु भएको कृषि क्याम्पसमा पहिलो व्याजमा ४७ जना विधार्थी भर्ना भएका थिए । नयाँ विधार्थीलाई अनेरास्ववियु क्याम्पस कमिटीले आज स्वागत गरेको हो । कृषि क्याम्पस गौरादहमा कृषि र पशु विज्ञान पठनपाठन भइरहेको छ । अध्ययनका लागि मेचीदेखि महाकालीसम्मका विधार्थी आएको क्याम्पसका कर्मचारी सुवोध भट्टराईले जानकारी दिए । कृषि अध्ययनका लागि सरकारले व्यवस्था गरेको छात्रबृत्ति र ५० प्रतिशत छुटमा विधार्थी अध्ययन गरिरहेको भट्टराईले जानकारी दिएका छन् ।


कृषि क्षेत्रमा राम्रो अवसर भएकोले कषि अध्ययनमा विधार्थीको रुचि बढिरहेको भनाई छ । सो क्याम्पसमा अध्ययनरत विधार्थीले हाल धान, काँक्रा, घिरौला, च्याउसँगै तरकारी वाली लगाएको क्याम्पस प्रमुख कृष्ण हरि देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार कृषि शिक्षामा राज्यले लगानी बढाउनु पर्छ ।
शनिवार आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिपक कार्कीले कृषिका विधार्थी देशको रोल मोडल भएको बताए । कार्कीले कृषि अध्ययन गर्ने विधार्थी रोल मोडल मात्र नभई आइकन समेत भएको बताएका थिए । त्रिभुवन विश्वविधालयको ६२ वर्षे इतिहासमा पूर्वमा आंगिक क्याम्पसलाई कृषि क्याम्पसको अनुमति दिएको कार्कीको भनाई छ । धेरै दुःख गरेर क्याम्पस ल्याएका छौ, कार्कीले भने– अब यहिबाट क्रान्ति हुन्छ र समृद्धि पनि आउने छ । उनका अनुसार समृद्धिको लागि कृषि क्षेत्रको विकास अनिवार्य भएको बताए । यस्तै, कार्यक्रममा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष सुनिता बरालले नयाँ विधार्थीलाई स्वागत गर्दै कृषि क्षेत्रमा परिवर्तन ल्याउन विधार्थीको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । उनले कृषि शिक्षामा विधार्थीको रुचि बढ्नुले प्राविधिक शिक्षा अन्य विधार्थीलाई समेत हौसला मिल्ने बताइन् । प्राविधिक शिक्षा नै आवश्यकता भएको भन्दै बरालले कृषि क्षेत्रको विकास अनिवार्य भएको बताएकी छन् । कार्यक्रममा विधार्थी नेता मनोज ताम्ली, अनिल सुवेदी, दुर्गा धमला, कमल पौडेल लगायतले शुभकामना मन्तव्य राखेको आयोजक कमिटी अध्यक्ष विराज भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]