बैशाख १८, २०८१ मंगलबार

महाधिवेशनपछि एमाले थप प्रभावशालीः नेता ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले महाधिवेशनको उद्घाटनसत्रमा नारायणी तीरमा देखिएको ठूलो जनसहभागिता र बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनुले पार्टी थप शक्तिशाली देखिएको बताउनुभयो । मुलुकमा राजनीतिक निकासका लागि ताजा जनादेश नै विकल्प भएको एमालेको ठहर भएको जनाउँदै उहाँले गठबन्धन सरकारभित्रको अन्योल र न्यायालयमा देखिएको विवादले एमालेको धारणालाई सही सावित गरेको स्पष्ट गर्नुभयो । उहाँले यही मङ्सिर २८ गतेदेखि हुने सङ्घीय संसद्को अधिवेशनमा एमालेले अवरोधका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

नेता ज्ञवालीले पार्टीले कारबाहीको सिफारिस गरेका सांसदहरूलाई कायम राखेर सदन चल्न नसक्ने अडान व्यक्त गर्नुभयो । उहाँले न्याय क्षेत्रको समस्या समाधान कुनै व्यक्तिलाई कायम राखेर वा हटाएर मात्रै नहुने भएकाले न्याय क्षेत्र सुधारका लागि दिइएको सुझाव प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार  ४ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]