बैशाख २९, २०८१ शनिबार

दिलमाया स्मृति कप : शिवसताक्षी ११ र झापा ६ फाइलनमा भिड्ने

शिवसताक्षी । शिवसताक्षीमा जारी दिलमाया स्मृति सुपर ८ को खेलमा झापा –६ फाइनलमा प्रवेश गरेको छ । कनकाई ५ लाइ १–० गोल अन्तरले हराउँदै झापा ६ फाइनलमा प्रवेश गरेको हो । यो सँगै फाइनल खेल शिवसताक्षी ११ र झापा ६ बीच हुने पक्का भएको छ ।

झापाका तर्फबाट खेलको पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीको सदुपयोग गर्र्र्दै जर्सी नं. १३ सुजन पौडेल गोल गर्न सफल भए । डिवक्स भित्रको बल बचाउन खोज्दा कनकाईका खेलाडीसँग हेन्ड भएर पेनाल्टी पाएको थियो ।

खेलको म्यान अफ दी म्याच झापा ६ का सुजन पौडोल घोषित भए । उनले नगद २५ सय प्राप्त गरे । खेलको विजेता टिमले २ लाख २५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले नगद १ लाख २५ हजारसहित शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ । शनिबारको फाइनल खेल शिवसताक्षी ११ र झापा गाउँपालिका ६ बीच हुने आयोजक आयोजक समितिका संयोजक सुनिल भेट्वालले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]