बैशाख ३०, २०८१ आईतबार

प्रदेश १ स्तरीय व्याडमिन्टन टुर्नामेन्टको उपाधि बेलबारी र सुनसरीलाई

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेश १ स्तरीय रामचन्द्र गिरी स्मृति व्याडमिन्टन टुर्नामोडको बिजेता बेलबारी व्याडमिन्टन क्लब बनेको छ । टुर्नामोन्टको भेट्रान र एक्स आर्मीतर्फ सुनसरी व्याडमिन्टन एकाडेमीलाई हराउँदै बेलबारी व्याडमिन्टन क्लब विजेता बनेको हो । विजेता टिमका विकाश श्रेष्ठ र प्रकाश राईलाई नगद २५ हजार सहित शिल्ड, मेडल प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै उपविजेता सुनसरी व्याडमिन्टन क्लबका उत्तम सिमखडा सुरेश कार्कीलाई नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक शिवसताक्षी व्याडमिन्टन क्लबले जनाएको छ ।

त्यस्तै टुर्नामेन्टमा तेस्रो स्थान हासिल गर्ने धनकुटाका किरन प्रधान योगेश्वर श्रेष्ठ र इटहरी व्याडमिन्टन क्लबका श्याम लामा र नविन घिसिङ्गलाई नगद १० हजार सहित मेडल प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै खुल्ला तर्फको टुर्नामेन्टमा सुनसरी व्याडमिन्ट एकाडेमी विजेता बनेको छ । मन्तरी पेन्टस इटहरी फाइनलम हराउँदै सन्सुरी व्याडमिन्ट एकाडेमी विजेता बनेको छ । विजेता टिमका सत्यम सुब्बा र प्रकाश राईले नगद ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी व्याडमिन्टन क्लब अध्यक्ष विनोद खरेलले बताए ।

त्यस्तै उपविजता टिमका भोजबहादुर गुरुङ्ग, सनिफ रायाले नगद २० हजार र तेस्रो स्थान हासिल गर्ने सुनसरी व्याडमिन्ट एकाडेमीका रविन साउदे, सन्तोष खड्का त्यस्तै दमक व्याडमिन्टन क्लबका सुदेन राई र प्रकास राई गरी दुवै टिमलाई १०-१० हजार नगद सहित प्रमाण पत्र , मेडल प्रदान गरिएको थियो । उनीहरुलाई स्व। रामचन्द्र गिरीका श्रीमती, छोरा, बुहारीहरुले प्रमाण पत्र, शिल्ड तथा मेडल प्रदान गरेका थिए ।
टुर्नामोन्टको समापन कार्यक्रम झापा क्षेत्र नंं. ४ का संघीय सांसद एलपी साँवा लिम्बुले नेपालमा फुटबल मात्र नभई व्याडमिन्टन खेलले पनि ठूलो क्षेत्र ओगटेको बताए । पछिल्लो समय व्याडमिन्ट खेलमा खेलाडी संख्या बढ्न थालेको उनको भनाई थियो । शिवसताक्षीको दूधे कभर्डहलमा प्रदेश स्तरको टुर्नामेन्ट गराउँन सफल भएको भन्दै उनले आयोजक शिवसताक्षी व्याडमिन्ट क्लबलाई धन्यवाद दिए । सांसद साँवा आफै पनि टुर्नामेन्टमा प्रतियोगीको रुपमा सहभागीता थिए ।

त्यस्तै स्व। रामचन्द्र गिरीका छोरा दीपक गिरीले बुबाको आत्माको शान्तिका लागि प्रदेश स्तरीय कार्यक्रममा आफुले पनि सहभागिता जनाउँदा पाउँदा खुसी लागेको बताए । टुर्नामेन्टमा प्रदेश नं। १ का ५४ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार  ६ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]