बैशाख १४, २०८१ शुक्रबार

बेरोजगार छन्, डिग्री सकेका दृष्टिविहीन

बिर्तामोड । झापा गाउँपालिका – ६ शरणामतीका दृष्टिविहीन महेन्द्र कुमार श्रेष्ठलाई मुलुकमा भएको परिवर्तन बारे खासै अनुभूति छैन । शिक्षित भएर पनि बेरोजगार बन्नुपर्दा उनले परिवर्तनको महसुस गर्न नसेकेको प्रतिक्रिया दिएका छन् ।

कनकाई बहुमुखी क्याम्पस सुरुङाबाट ०७४ सालमा नेपाली विषयमा स्नातकोत्तर (डिग्री) गरेका श्रेष्ठको दैनिकी घरमै वितिरहेको छ । शारिरीक रुपमा अपांगता भएर पनि उनले ४ वर्षअघि डिग्री सकेका छन् । श्रेष्ठले सरकारी र निजी विधालयको पाठ्पुस्तको तुलनात्मक अध्ययनमा थेसिस बुझाएका थिए । तर, डिग्री सकेर उनले रोजगार पाउन सकेका छैनन् ।

माध्यमिक तहसम्म लालपानी मावि र कक्षा १२ देखि डिग्रीसम्मको अध्ययन कनकाई बहुमुखी क्याम्पसबाट सकेका श्रेष्ठ सामाजिक सुरक्षाभन्दा पनि अवसरको खाँचो भएको बताउँछन् । जीवन धान्न नसकिने सुरक्षभत्ता दिएर राज्यले अवसर बिहीन भएको उनको आरोप छ । हामीलाई सरकारले शैक्षिक योग्यता अनुसारको अवसर प्रदान गर्नुपर्छ, श्रेष्ठ भन्छन् – ठुलो संघर्ष गरेर अध्ययन सकेर पनि अवसर नपाउँदा सारै दुःख लाग्छ ।

ब्रेललिपीको माध्यमबाट अध्ययन गरेर उनले परीक्षामा साथीहरुको सहयोग लिएका थिए । हिडडुल गर्न समस्या हुन्थ्यो, कोठा बस्दा उस्तै दुखले बसियो , उनी भन्छन् – ‘सम्झदा सपना जस्तो लाग्छ । अहिले अवसर नपाउँदा सबै बेक्कार जस्तो लागेर आउँछ ।’ दृष्टिविहीनलाई शिक्षण पेशा सहज र उत्तम हुने बताउँछन् । सरकारी विधालयमा जागिर खान उनले प्रावि तहका लागि शिक्षा सेवा आयोगमा परीक्षा समेत लेखेका थिए । लिखितमा नाम पनि निकाले । तर, मौखिक परीक्षामा नाम निस्केन । नाम निकाल्न नसकेपछि सरकारी विधालयमा पठनपाठन गर्ने उनको धोको पुरा भएन ।

दृष्टिविहीनलाई पनि अपांगताको कोटामा राखेर हेर्न नहुने श्रेष्ठको तर्क छ । उनले दृष्टिविहीनहरुलाई अलग्गै प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सरकारी विधालयमा आयोग पास गर्नैपर्ने बाध्यता भएकोले अवसर प्राप्त गर्न कठिनाई हुने उनको भनाई छ । निजी बिधालयहरुले दृष्टिविहीनलाई विश्वास नगरेको भन्दै श्रेष्ठले अवसर दिए क्षमता प्रस्तुत गर्ने बताए ।
अध्ययन सकेर ४ वर्षदेखि घर बस्दै आएका श्रेष्ठ जस्तोसुकै अवसर पाए पनि काम गर्न तयार भएको बताउँछन् । उनले नेत्रहिन संघको तर्फबाट निजी विधालयहरुमा काम खोजी गर्दा समेत नपाएको दुखेसो पाखे ।

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]