चैत्र १५, २०८० बिहीबार

दिलमाया स्मृति कपको उपाधि शिवसताक्षी ११ को पोल्टामा

शिवसताक्षी । झापाको शिवसताक्षीमा आयोजित दिलमाया स्मृति कपको उपाधि शिवसताक्षी ११ ले जितेको छ । झापा गाउँपालिका ६ लाई सडनडेथमा हराउँदै शिवसताक्षी ११ ले उपाधि हात पारको हो ।

ट्राइबेकरमा ७–६ गोल अन्तरले झापा ६ लाई हराउँदै शिवसताक्षी ११ उपाधि हात पार्न सफल भएको हो ।
खेलकोे पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो । खेलको दोस्रो हाफको १८ मिनेटमा शिवसताक्षीका लागि जर्सी नं. १३ का सुरज मगरले गोल गरेका थिए ।

दोस्रो हाफको ३९ औं मिनेट झापा ६ का तर्फबाट जर्सी नं. १२ का नन्दु हेमरोनलाई गोल गोल फर्काउन सफल भए । योसँगै खेल ट्राइबेकरमा खेल धकेल्लिएको थियो । ट्राइबेकर दुवै टिमबाट गोल बराबरी भएपछि खेल सडेनडेथमा धकेल्लिएको थियो । झापा ६ तर्फबाट हानेको गोल शिवसताक्षी ११ का गोल किप्परले बचाउ गरेपछि शिवसताक्षीले उपाधि चुमेको हो ।

खेलको विजेता शिवसताक्षी ११ ले २ लाख २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै उपविजेता टिम झापा गाउँपालिका ६ ले नगद १ लाख २५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु पर्यो । खेलको म्यान अफ दि म्याच शिवसताक्षी ११ खेलाडी सिमसन राई घोषित भए । उनले नगद २५ सय प्राप्त गरे ।
दिलमाया स्मृति कपको सर्वाधिक गोलकर्ता झापा ६ का सुरज पौडल, उत्कृष्ट डिफेन्ड शिवसताक्षी ११ जेरन राई, उत्कृष्ट मिट फिल्डर शिवसताक्षीका संजोग मगर, सर्वोत्कृष्ट गोल किपर शिवसताक्षी १० टेकराज योङ्गहाङ्ग घोषित भए । उनीहरुले जनही ५ हजार प्राप्त गरे । त्यस्तै सर्वोत्कृष्ट खेलाडी शिवसताक्षी ११ निकेश श्रेष्ठ घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

कार्यक्रममा पूर्व खेलाडी तथा प्रशिक्षक सन्तबहादुर माझीलाई सम्मान गरिएको आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ । त्यसै खेलाडी निलु गिरी, दिलकुमार कार्की, राजेन्द्र कुमार श्रेष्ठ , जान ताप्ली लिम्बु, सन्जीत राई, अनन्त तामाङ्ग, नितेश श्रेष्ठलाई सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. ३ का पूर्व प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई र झापा क्षेत्र नं. ४ का संघीय संसाद एलपी साँवा लिम्बुले सम्मान पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]