बैशाख १८, २०८१ मंगलबार

धौलागिरी र सिम्रिक सहकारीको साधारणसभा

बिर्तामोड । झापाका दुई सहकारीले बिर्तामोडमा शनिवार एकैदिन साधारणसभा सम्पन्न गरेका छन् । बिर्तामोडको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था र सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एकैदिन साधारणसभा आयोजना गरेका थिए ।

धौलागिरीको १४ र सिम्रिक सहकारीको ११ साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ । झापा, मोरङ र इलाममा ३३ वटा सेवा केन्द्र रहेको संस्थामा आर्थिक बर्ष २०७७-०७८ सम्ममा ३७ हजार ५ सय ६६ जना शेयर सदस्य तथा २४ करोड ६६ लाख २१ हजार ८ सय शेयर पुँजी रहेको अध्यक्ष भट्टराईद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले बचत संकलन ५ अर्व ६५ करोड ९२ लाख ९८ हजार ६४३ रुपैयाँ, बचत फिता ४ अर्व ८२ करोड १२ लाख ४० हजार २५२ रुपैयाँ, बचतमा रहेको रकम ८३ करोड ८० लाख ५८ हजार ३९१ रुपैयाँ, कर्जा लगानी ३ अर्व ९६ करोड १ लाख ७७ हजार २६८ रुपैयाँ, कर्जा असुली २ अर्व ४० करोड ९१ लाख ४८ हजार ४०९ रुपैयाँ, लगानीमा रहेको रकम २०७७ असार मसान्तसम्म १ अर्व ५५ करोड १० लाख २८ हजार ८५८ रुपैयाँ, जगेडा तथा कोषहरु १२ करोड ६४ लाख ९७ हजार ६१८ रुपैयाँ रहेको अध्यक्ष भट्टराईले प्रस्तुत प्रतिवेदनमा छ ।

त्यस्तै आम्दानी तर्फ २२ करोड २ लाख २५ हजार ५७२ र खर्चतर्फ १९ करोड ५४ लाख १३ हजार ५९२ रुपैयाँ गरी संस्थाले २ करोड ४८ लाख ११ हजार ९७९ रुपैयाँ संस्थाले नाफा गर्न सफल भएको प्रतिवेदनमा छ ।

कार्यक्रममा प्रमुख अतिथि बाँस्कोटा, प्रदेश नं. १ सहकारी रजिष्ट्रार बलराम निरौला, बिर्तामोड नगरपालिका उपमेयर पवित्रा महतरा प्रसाई, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्य, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशव भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व गृह राज्यमन्त्री तथा पूर्व राष्ट्रिय सहकारी महासंघ अध्यक्ष दीपक प्रकाश बाँस्केटाको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन विभागीय प्रमुख बिजय बस्नेतले सञ्चालन गरेका थिए । सोही कार्यक्रममा पत्रकार सन्तोष न्यौपानेलाई सम्मान गरिएको थियो ।

यस्तै, धौलागिरी पारिजातले संस्थाको उत्कृष्ट सेवा केन्द्रका रुपमा जयपुर सेवा केन्द्रलाई सम्मान गरेको छ । उत्कृष्ट कर्मचारीमा जयपुर सेवा केन्द्रका प्रमुख कुलप्रसाद पाण्डेलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको भने लक्ष्मीपुर सेवा केन्द्रकी बजार प्रतिनिधि दुर्गा भट्टराई अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

प्रमुख अतिथि संघका अध्यक्ष ढकाल, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य गणेश पोखरेल, हल्दिबारी गाउँपालिका वडा नं. १ अध्यक्ष त्रिलोचन सापकोटालगायतले शुभकामना मन्तव्य राखेको संस्थाका संस्थाका सञ्चालक समिति सदस्य सुशिल दाहालले जानकारी दिए । आर्थिक बर्ष २०७७-०७८ सम्ममा ७ हजार ६ सय ९९ शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ४ करोड २८ लाख ६० हजार २ सय रुपैयाँ पुर्याउन सफल भएको छ ।

त्यस्तै, निक्षेप प्राप्ती र भुक्तानी २० करोड ४७ लाख ५४ हजार ८ सय ५९ रुपैया, कोष १ करोड ६३ लाख ८२ हजार ४ सय ९९ रुपैयाँ ६४ पैसा, बाह्य ऋण १५ करोड ६ लाख ९७ हजार ६४ रुपैयाँ, ऋण लगानी ३१ करोड १२ लाख १६ हजार ७ सय ३० रुपैयाँ रहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । धौलागिरीका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डिल्ली ओलीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]