जेष्ठ ४, २०८१ शुक्रबार

चार महिनामा काँकरभिट्टा नाकाबाट २ करोड ७७ लाखको तरकारी आयात

बिर्तामोड । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट ताजा तरकारीमा सबैभन्दा धेरै करेला आयात भएको छ । साउन, भदौ,असोज र कात्तिक महिनामा भारतबाट २५९ मेट्रिक टन करेला आयात भएको क्वारेन्टाइन कार्यालय झापाले जनाएको छ ।

ताजा तरकारीमा सबैभन्दा धेरै करेला आयात भएको छ भने सबैभन्दा कम परिमाणमा चटेला आयात भएको देखिन्छ । २ लाख ७४ हजारको १७ टन चटेला आयात भएको तथ्याङकमा उल्लेख छ । ठुलो परिमाणमा आयात हुने ताजा तरकारीमा परवल पनि रहेको छ ।
क्वारेन्टाइन कार्यालयको तथ्याङक अनुसार काँकरभिट्टाबाट १२ सय ९९ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । चार महिनामा २ करोड ७७ लाख ८ हजार रुपैयाँको तरकारी आयात भएको छ ।

साउनदेखि कात्तिक महिनासम्ममा काँकरभिट्टाबाट ६ लाख २४ हजारको ३९ मेट्रिक टन भण्टा, २४ लाख ३३ हजारको खोर्सानी १५८ मे.टन, ३७ लाख ४८ हजारको २३४ मे.टन काक्रा, २६ लाख २७ हजारको १६४ मे.टन, ३३ लाख ६७ हजारको २१० मे.टन परवल, ११ लाख ९५ हजारको ७५ मे.टन भेडे खोर्सानी, ७ लाख ४७ हजारको ४७ मे.टन बोडी, ९ लाख २८ हजारको ५८ मे.टन भिन्डी, २ लाख ८० हजारको १८ मे.टन सिमि, ३ लाख २३ हजारको २० मे.टन गाँजर आयात भएको छ । सबै प्रकारका तरकारी भारतबाट आयात हुने क्वारेन्टाइन कार्यालयको भनाई छ ।
काँकरभिट्टाबाट आयात हुने तरकारी स्थानीय बजारदेखि अन्य जिल्लामा समेत आवश्यकताका आधारमा निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ शालिकराम भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर २६, २०७८ आईतबार  ११ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]