जेष्ठ ५, २०८१ शनिबार

झापा इनर्जीले १ वर्षपछि १० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने, आयोजनाको शिलान्यास गरियो

बिर्तामोड । झापामा दश मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि आयोजनाको शिलान्यास गरिएको छ । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले झापाको शिवसताक्षी–४ बुलोचोकमा निर्माण गर्न लागिएको सौर्य उर्जा आयोजनाको आज विहान शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै नेम्वाङले झापामा शुरु भएको उर्जा उत्पादन आयोजना अत्यन्तै राम्रो कामको थालनी भएको बताए । उनले सौर्य उर्जा उत्पादनका दृष्टिले नेपाल उत्तम राष्ट्र भएकाले आयोजना सफल हुने बताएका छन् । उर्जामा लगानी सबैका लागि मुनाफा र राष्ट्रका लागि योगदान हुने नेता नेम्वाङको भनाई थियो । नेता नेम्वाङले उर्जा उत्पादन क्षेत्रलाई आन्तरिक पर्यटकन क्षेत्रको रुपमा विकास गर्न सकिने बताएका छन् ।

झापा इनर्जीले १ वर्षभित्र उत्पादन थाल्ने गरि काम शुरु गरेको छ । आवश्यक प्रक्रिया पुरा गरेर अब निर्माणको काममा लागेको कम्पनीका अध्यक्ष एलपी साँवा लिम्बुले जानकारी दिए । उनका अनुसार सौर्य उर्जाको आयोजनाबाट १० मेगावाट उर्जा उत्पादन हुनेछ । ग्रिडमा आवद्ध सौर्य उर्जा आयोजनाको निर्माण सम्पन्न गर्नलाई ७९ करोड लागत लाग्ने साँवाको भनाई छ । नागरिकको तर्फबाट २० करोड र बाँकी रकम माछापुच्छ्रे बैंकको कर्जा लगानी हुने बताइएको छ । झापामा निर्माण थालनी भएको आयोजना प्रदेश कै पहिलो र ठुलो भएको दावी गरिएको छ ।

झापा इनर्जीले २१ विगा ७ कठ्ठा जमिन खरिद गरिसकेको प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए । जम्मा ३० विगा जमिन खरिद गर्ने लक्ष्य रहेको भट्टराईको भनाई छ । झापालीहरुको अगुवाईमा झापामै केहि काम गर्न सो आयोजनाको परिकल्पना गरिएको भन्दै भट्टराईले अर्को वर्षबाट उत्पादन थालनी गरिने जानकारी दिए । सौयै उर्जा उत्पादनका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया समेत पुरा भइसकेको बताइएको छ । नेपालमा सौर्य उर्जाबाट हालसम्म २९ मेगावाट विधुत उत्पादन भइसकेको छ । झापा इनर्जीको उत्पादनपद्धि ३९ मेगावाट पुग्नेछ ।

विधुतको बढ्दो मागलाई ध्यानमा राख्दै २५ वर्षका लागि शिवसताक्षीमा उर्जा उत्पादनको काम धमाधम अघि बढाइएको छ । सो आयोजना सम्पन्न भएपछि रोजगारको अवसर समेत प्राप्त हुनेछ ।

प्रकाशित मिति : मंसिर २७, २०७८ सोमबार  १२ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]