जेष्ठ ९, २०८२ बिहीबार

सभापतिमा देउवाको दुई हजार मत कट्यो

काठमाण्डाै – कांग्रेस महाधिवेशनमा सभापतिको मत गणना अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म ४२ सय ७६ मत गणना भएको छ । अब ४ सय ३ मत गन्न बाँकी छ । सभापति शेरबहादुर देउवाले दुई हजार मत कटाउनुभएको छ । उहाँले २ हजार ४६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अर्का उम्मेदवार डा.शेखर कोइरालाले १६ सय १५ र प्रकाशमान सिंहले ३ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार विमलेन्द्र निधिले २ सय ३८ र कल्याण गुरुङले २० मत मात्र पाउनुभएको छ । नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा छ । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको छ ।

अब ४ सय ३ मत गन्न बाँकी छ । काठमाण्डौको राष्ट्रिय सभागृहमा आज बिहानैदेखि मतगणना चलिरहेको छ ।

प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]