जेष्ठ ९, २०८२ बिहीबार

कन्याममा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

इलाम । मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा नौ जना घाइते भएका थिए ।

घाइतेमध्ये दुईको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा भएको दुर्घटनामा परी माइजोगमाई–३ का भरत घिमिरे र सोही गाउँपालिका–४ का रामप्रसाद तिमिल्सेनाको मृत्यु भएको बिएण्डसी अस्पताल झापाका सूचना अधिकारी प्रनिश गिरीले जानकारी दिनुभयो । चालकलाई सामान्य चोट लागेको छ । अन्य घाइतेको नामथर खुलेको छैन । अन्यको उपचार भइरहेको छ ।

प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]