जेष्ठ ६, २०८१ आईतबार

नक्कली रिपोर्ट बनाउनेले उन्मुक्ति नपाउन्

सम्पादकीय
झापा प्रहरीले नक्कली पीसीआर रिपोट बनाउने व्यक्ति पक्राउ गरेसँगै जिल्लामा भएको चर्चा पुष्टि भएको छ । यसअघि झापामा नक्कली पीसीआर रिपोट बनाउने धन्दा चलिरहेको बारेमा व्यापक चर्चा भएको थियो । अहिले झापा प्रहरीले नक्कली रिपोट बनाउने व्यक्ति नै समातिसकेको छ । काँकरभिट्टाबाट रिञ्जी टुर्स एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ प्रहरीको नियन्त्रणमा परेका छन् । उनको गैर कानुनी धन्दा पर्दाफास भएको छ । तामाङ जस्तै धन्दा चलाउनेहरु अरु पनि हुन सक्छन् । प्रहरीले खोजी जारी राख्नुपर्छ ।

बिर्तामोडको एउटा ट्राभल्समा नक्कली पीसीआर रिपोट प्रिन्ट गर्न आएको भेटियो । सञ्चालकले प्रिन्ट मात्रै गरेर दिएको दावी गरे । त्यस प्रकारको कागजात बनाउने व्यक्तिबारे कसैले उजुरी गरेन । उजुरी नभएका कारण नक्कली पीसीआर रिपोट बनाउनेहरुले मुक्ति पाइरहेका छन् । विभिन्न मेनपावरबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले विमानस्थलमा प्रयोग गर्न नक्कली रिपोट बनाउने गरेको पाइन्छ । वैदेशिक रोजगार र भारतमा विभिन्न काममा जानेहरुलाई अहिले पीसीआर रिपोटको आवश्यकता छ ।

स्वास्थ्य जस्तो संवेदनशिल विषयमा पनि यस प्रकारको लापरबाही हुनु गम्भीर विषय हो । प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्ता व्यक्तिलाई कुनै पनि बहानामा उन्मुक्ति दिन हुदैन । सँगै बरामत गरिएको ल्यापटपमा अस्पतालका लेटरप्याड, डाक्टरका हस्ताक्षर र सरकारी तथा गैर सरकारी छाप स्क्यान गरिएको भेटियो । मुलतः पैसाको पछि लागेर आम नागरिकको जीवनमा खेडवाड गर्नेहरुलाई कडा कारवाही हुनैपर्छ । यसै प्रकारका काम गर्नेहरु अझै हुन सक्छन् । खोजी गरि कारवाहीको दायरामा ल्याउनैपर्छ ।

प्रकाशित मिति : पुष २, २०७८ शुक्रबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]