हालसम्म ४७ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
बिर्तामोड । नेपालमा लक्षित जनसंख्याको ४७ दशमलब ५ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।
सरकारले १ करोड ९९ लाख २२ हजार १६४ लक्षित जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।
तीमध्ये ५९ दशमलब १ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ३ करोड ३२ लाख ९० हजार ३३० डोज खोप आइसकेको छ । त्यसमध्ये २ करोड १२ लाख ३८ हजार ६२३ डोज खोप लगाइसकिएको छ । जसमध्ये १ करोड २० लाख ५१ हजार ७०७ खोप बाँकि रहेको छ ।
सरकारले पुस ४ गतेदेखि ५७ जिल्लाका करिब १८ लाख बालबालिकालाई मोडर्ना खोप लगाउँदै छ । १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र राखेर खोप अभियान संचालन गर्ने सरकारलको तयारी छ ।