जेष्ठ ६, २०८१ आईतबार

शर्माको गर्विलो उदय

सम्पादकीय
झापाबाट नेपाली कांग्रेसको माथिल्लो जिम्मेवारीमा दोस्रो पटक विश्वप्रकाश शर्मा पुगेका छन् । यसअघि कृष्ण सिटौला पुगेका थिए । दुवै जना पार्टीको महामन्त्री पद्मा पुगेका छन् । जानकारहरुका अनुसार जिल्लाबाट कांग्रेसको महामन्त्रीभन्दा माथि कोहि पनि पुगेको छैन । कृष्ण सिटौला महामन्त्रीमा मनोनित भएका थिए भने शर्मा निर्वाचन प्रक्रियाबाट निर्वाचत भएका छन् । कांग्रेस राजनीतिमा विभिन्न समूह, उपसमूह छ । १४ औं महाधिवेशनसम्म आइपुग्दा ६ जनाले सभापति पद्मा उम्मेद्वारी दिए । यसको अर्थ, कांग्रेसभित्र चरम गुटवन्दी छ ।

पार्टीभित्रको चरम गुटबाट लामो समयदेखि विश्वप्रकाश शर्मा चेपिएका थिए । कांगे्रस राजनीतिमा कार्यकर्ताकै भाषामा भन्ने हो भने, शर्मालाई भित्तामै पुराइएको थियो । उनलाई भित्तामा पुराउने नेतृत्वमा थिए, सिटौला । हरेक मोडमा अवरोध गर्दै, छेक्दै आएका सिटौलाले १२ औं महाधिवेशनदेखि शर्मालाई रोके । जिल्लाको सभापतिमा हराइदिए, १३ औं महाधिवेशनमा सभापति बन्ने वातावरण नै दिएनन् । त्यसको बदलामा शर्माले सभापतिमा सर्वसम्मत गराइदिए । त्यसपछि पनि शर्मा प्रति सिटौलाको रोकछेक रोकिएन ।

१४ महाधिवेशनको पूर्वसन्ध्यादेखि सिटौले शर्मालाई रोक्ने अनेक उपाय रोजे । महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका शर्मालाई कुनै पनि हालतमा रोक्ने सिटौला समूहको योजना विफल भइसकेको छ । देउवा समूहबाट महामन्त्री उठ्ने संभावना भएपछि सिटौलाले आफु सभापतिमा उम्मेद्वारी नदिई तेस्रो धारको विलय नै गरे । एउटा व्यक्तिको राजनीतिक भविष्य रोक्न खोज्दा सिटौला आफै शक्तिबिहीन, धरातल विहान बन्न पुगेका छन् । शर्मालाई झापाको राजनीतिमा टुहुरो बनाउन खोजिएको भन्ने गरिन्छ । वास्तवमा उनी, ढुङ्गा फोरेर उम्रिएको पिपल हो । तमात कांग्रेसजनको आशामा ठेस् नपुगोस् । अन्य युवाहरुले यो जीतलाई सधैंभरि प्रशंसा गरिरहुन् । यो उदय वास्तवमै गर्विलो उदय हो । उदय हुनुको परिणाम देखाउन शर्मा अनवरत लाग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : पुष ३, २०७८ शनिबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]