बैशाख १३, २०८१ बिहीबार

आजदेखि शरणामतीमा भलिवल

शरणामती । आजदेखि झापा गाउँपालिकाको शरणामतीमा दोस्रो अध्यक्ष कप प्रदेश नं १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको तयारी शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन पालिका प्रमुख जयनारायण साहले गर्ने कार्यक्रम रहेको आयोजक समितिका सचिव मोहन मिश्रले बताए । भलिवल प्रतियोगिताका लागि खेल मैदान, दर्शक बस्ने ठाउँ लगायत सम्पुर्ण तयारी चुस्तदुरुस्त बनाइएको मिश्रले बताए ।

खेलमा जिल्लाबाट १० टिम र जिल्ला बाहिरबाट ६ टिमले भाग लिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजेताले १ लाख ५१ हजार र उप–विजेताले १ लाख नगद पुरस्कार पाउने भएका छन् । सेमिफाइनलबाट बाहिरिने टोलीले समेत पुरस्कार प्राप्त गर्ने छन् । सेमिफाइनलबाट बाहिरिने टोलीले १५ हजार हात पार्ने छ ।

त्यस्तै विधागत तर्फ उत्कृष्ट हुने खेलाडीले समेत राम्रै नगद हात पार्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार हात पार्दा उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट ब्लकरले जनही ५ हजार ५ सय प्राप्त गर्ने मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : पुष ५, २०७८ सोमबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]